बलत्कार पछी १२ बर्षिया बालिकाको हत्या

आशिष बहादुर सिंह / बझाङ

बझाङको मस्टा गाँउपालिका वडा न.२ मा एक १२ बर्षिया वालिका मृत अवस्थामा फेला परेकी छन । घटना प्रकृति हेर्दा टाउकोमा चोट लागेको र शरीरमा रगत बगेको देखिन्छ । वुधवार राति गाँउको एक मन्दिर नजिकै मृत अवस्था फेला परेको उनका आफन्तहरुले बताएका छन । मृतकका आफन्तका अनुसार बुधबार विहान वाख्रा चराउन गएको र साँझ घर नफर्केपछि खोजि गर्दा राति ८ वजेतिर मृत अवस्थामा फेला परेको बताए ।

घटनाको प्रकृति हेर्दा बलत्कार गरेर हत्या गरेको जस्तो प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायक उपरीक्षक रुपक खड्काले बताए ।

बुधबार बेलुका साढे ४ बजे खिकाला बाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीका अबेर सम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाँउ भन्दा झण्डै २ किलोमिटर टाढा पर्ने शिब मन्दीरमा उनको शव फेला परेको मृतकका बाजे गोरख कामीले जानकारी दिए। मृतक बालिकाको शरीर भरी निलडाम भएकाले हत्या भएको आरोप उनले लगाएका छन्। नग्न अवस्थामा शव फेला परेको वडा नम्बर २ का वडाध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए।

बालिकाका बुबाआमा रोजगारीका लागी भारतमा छन्। यता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रुपक खड्का को नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। डीएसपी खड्काले बालीकाले कानका लगाएको मुन्द्रा नभएको र घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिए।

ताजा समाचार

This will close in 10 seconds