विद्यार्थी संगठनले भने, शैक्षिक सत्र खेर जान नदिन स्वास्थ्य सर्तकना अपनाउँदै पठन पाठन शुरु गर्नुहोस

कञ्चनपुर

कञ्चनपुरका विद्यार्थी संठनले स्वास्थ्य सर्तकता अपनाउँदै सबै शैक्षिक संस्थामा पठन पाठन (कक्षा) संचालन गर्न माग अघि सारेका छन् । बुधबार जिल्लाका क्रियाशिल ६ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोरोना महामारीको कारण शिक्षा क्षेत्रम चलिरहेको वैकल्पिक सिकाई प्रभावकारी हुन नसकेको जनाउँदै शैक्षिकशत्र खेर जाने नेदिएकाले आवश्यक स्वास्थ्य सर्तकता अपनाउँदै कक्षा संचालन गर्न माग अघि सारेका हुन् । नेवि संघ, अनेरास्ववियू, बैद्य–विप्लव क्रान्तिकारी, अखिल छैठौँ, समाजवादी विद्यार्थी यूनियनले संयुक्त विज्ञप्ती जारी गरेर निजी विद्यालय र क्याम्पसले अनलाई कक्षाको नाममा चर्को शुल्क लिईरहेको जनाउँदै यस्ता शैक्षिक संस्थामाथि कार्बाहीको माग अघि सारिएको छ ।

सरकारी विद्यालयमा भर्ना शुल्क र मासिक शुल्क उठाउने शिक्षा नीति बिरोधी कार्य रोकिनुपर्नेृ, क्वारेन्टाईन बनाएका विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा, सिटिईभिटिईले प्रवेस परीक्षा नलिई जिपिएर आधारमा भर्ना गर्ने कार्य बन्द गरिनुपर्ने माग अघि सारेका छन् । सुप विश्वविद्यालयमा रिक्त रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष नियुक्ती गरिनुपर्ने, विश्वविद्यालय भित्र देखिएको भ्रष्टाचार रोक्नुपर्ने, सहज परीक्षा संचालन गर्न सुझाव दिएका छन् । कोरोनाका नामा स्थानीय तहमा औषधी, क्वारेन्टाईन राहत वितरण व्यवस्थापनमा भएकाने भ्रष्टाचारको छानबिन गरिनुपर्ने, डेरागरी बस्नेलाई घरभाडा छुट, कालोबजारी नियन्त्रण यातायातमा ५० प्रतिशत भाडा बृद्धि खारेजी लगायतको माग अघि सारिएका छन् । सुपका पहाडी जिल्लामा वाढिपहिलोबाट घाईतेको उपचार जिउ धनको सुरक्षाको माग समेत गरिएको छ ।

नेवि संघका निर्वतमान केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनी, अनेरास्ववियूका केन्द्रीय सदस्य भीम भट्ट, विप्लव अखिल क्रान्तिकारीका सेती महाकाली संयोजक बिरेन्द्र शाह, बैद्य क्रान्तिकारीका केन्द्रीय सदस्य सुर्दशन साउद, अखिल छैठौँका प्रदेश सदस्य पुष्कर भट्ट र समाजवादी विद्यार्थी यूनियन प्रदेश इन्चार्ज केन्द्रीय सचिव भरत लिसानीले संयुक्त रुपमा हस्ताक्षरित गरेको प्रेस विज्ञप्तीमा संयुक्त विद्यार्थी आन्दोलनलाई सशक्त रुपमा अघि बढाउने जनाएका छन् । महाकाली नगरपालिकाले नगरका योजना दृत गतिमा अघि बढाईने खडक रावल महाकाली नगरपालिकाले नगरभित्रको सम्बृद्धिका लागि योजना दुत गतिमा अघि बढाउने भएकोछ ।

बुधबार कार्यपालिका बैठकबाट नगरको सम्बृद्धि, शान्ति सुरक्षा र विकासका विभिन्न योजना अघि बढाउने निर्णय गरिएका छन् । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले विषेश र समपुरक अनुदान, म्याचिङ्गफन्टलाई स्वीकृत गर्ने, नगरका गौरबका योजना अघि बढाउने, क्वारेन्टाईन आईसोलेशन कक्ष व्यवस्थापनका लागि वडा सदस्य करन सुनारको संयोजकत्वम समिति निर्माण, सार्वजनिक जमिन संरक्षण गर्ने, सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई जमिन उपलब्ध गराउने लगायतका निर्णय गरिएको छन् ।

ताजा समाचार

This will close in 10 seconds