बर्षातले धान भिजेर नष्ट, किसान मारमा

कञ्चनपुर

पाक्नै लागेको धान भिजेर नष्ट भएपछि कञ्चनपुरका किसान मारमा परेका छन् । गएराती परेको बर्षातका कारण कञ्चनपुरका किसान मारमा परेका हुन् । खेतमै काटेको धान र पाकेको धानमा बर्षा भएर भिजेको छ । महाकाली नगरपालिका १ चाँदनीका मनिलाल भट्टले १० कट्टा जमिनमा काटेको धान भिजेर छिल्लबिल्ल भएकोछ ।

उनले एक दिन अघि काटेको धान सुकाउन नपाउँर्दै पानीले खेतसम्म भएको छ । महाकाली नगरपालिका २का बलदेव भट्टको पनि १० कट्टाको धान भिजेर नष्ट भएको छ । दिउँसो धान काटेका भट्टको राती भिजेर नष्ट भएको बताए । ८ कट्टाको जमिनमा धान काटेरका महाकाली नगरपालिका १ चाँदनीका सरस्वती देवी पन्तको नष्ट भएको छ । कञ्चनपुरका महाकाली, भीमदत्त, बेदकोट, बेलडाँडी, बेलौरी, लालझाडी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा नगरपालिका क्षेत्रमा ग्रामिण किसान मारमा परेका छन् । बाली भित्र्राउने बेला बर्षातले धानखेत जलमग्न भएपछि समस्यामा परेका छन् ।

ताजा समाचार