राप्रपाको चुनाव चिन्ह विवाद टुङ्गो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव चिन्ह विवाद टुङ्गो लागेको छ । मंगलबार राप्रपाका अध्यक्ष त्रय कमल थापा, लोकेन्द्र बहादुर चन्द र डा. प्रकासचन्द्र लोहनीको संयुक्त प्रयासबााट चुनाव चिन्हको विवाद टुङो लागेको राप्रपाले जनाएको छ ।

राप्रपाका नेता एव कञ्चनपुर जिल्ला अध्यक्ष पूर्ण बहादुर चन्दले तीनै जना नेताहरुको प्रयासका विच चुनाव चिन्ह हलो हुने बताए । ‘चुनाव चिन्ह हलो र झण्डामा गाई थपिने सहमती भएर निर्वाचन आयोगमा दर्ता भएको छ, ‘अध्यक्ष चन्दले भने, ‘अब पार्टी थप बलियो हुन्छ ।’ राष्ट्र र राष्ट्रियता जोगाउनका लागि राप्रपा बैकल्पिक शक्ति भएकाले पार्टी थप सुदृढ र बलियो हुने अध्यक्ष चन्दले दावि गरे ।

भ्रष्टाचार, सुशासन र सहिष्णूणताका लागि राप्रपाले भूमिका निर्वाह गर्ने अध्यक्ष चन्दको भनाई छ । राप्रपा नरुचाउने केही फटाह मात्रै काँग्रेसमा प्रवेस गरेको बताउदै उनले उनीहरुले काँग्रेस या जुनसुकै पार्टीमा प्रवेस गरेपनि राप्रपालाई केही फरक नपर्ने जिकिर गरे । लामो समयसम्मको विवाद टुङ्गो लगाएको भन्दै अध्यक्ष चन्दले कञ्चनपुर पार्टीका तर्फबाट तीनै नेता सहित पार्टीका शिर्षस्थ अग्रज नेताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds