असोज पहिलो साता कञ्चनपुरका ११ जनामा कोरोना, भारतमा नेगेटिभ नेपालमा पोजेभिट

लाल ब. एसके/ कञ्चनपुरका

असोज पहिलो साता (६ दिन)को अवधिमा कञ्चनपुरका ११ जनामा कोराना संक्रमण भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणबाट ११ जनामा कोरोना देखिएको हो । श्रीमान श्रीमती, संगै आएकामा देखिएको कोरोना भारतमा नेगेटिभ भएको कोरोना नेपालमा पोजेटिभ देखिएकोछ । बेदकोट नगरपालिका १ का वडाध्यक्ष हरि गिरीले भारतबाट फर्किएका एक दाम्पत्तीमा कोरोना देखिएको बताए । तर उनीसगै आएकी बालिकामा कोरोना देखिएन् ।

महाकाली नगरपालिका ६ दोधाराका एक २५ बर्षिया युवकमा कोरोना देखिएको छ । भारतीय सुरक्षाकर्मीमा कार्यरत दोधारका युवकले भारतका परीक्षण गर्दा नेगेटिभ र नेपालमा परीक्षण गर्दा पोजेटिभ देखिएको छ । महकाली नगरपालिका प्रवक्ता दिल बहादुर सिजालीले भारतबाट कोरोना नेगेभिट रिर्पोट सहित आएका युवकको परीक्षण गर्दा नेगेभिट देखिएको बताए । ‘स्थित समान्य छ, ‘उनले भने, ‘यो अच्चम भईरहेको छ ।’ पुनर्वास नगरपालिका क्षेत्रमा सो अवधिमा एक १० बर्षिया बालिका सहित चार जना युवामा कोरोना देखिएको छ । सबै भारतबाट घर फर्किएको पुनर्वास नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले बताए ।

‘बालिका सहित सबै जना भारतबाट आएका हुन, ‘धामीले भने, ‘भारतबाट फर्किएकाले उनीहरुको कोरोना परीक्षण गरेका थियौँ, पोजेभिट देखिएका सबैको स्वास्थय अवस्था समान्य छ, आईसोलेट गरेका छौँ ।’ मंगलबार शुक्लाफाँटा नगरपालिका ८ र ११मा देखिएका एक महिला सहित दुई पुरुष तीनै जना भारतबाट आएकामा कोरोना देखिएकोछ । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले तीनै जना भारतबाट आएको बताए । उनका अनुसार उनीहरु आईसोलेट भएका छन् । असार, साउन, भदौँको तीन महिनाको तुलनामा असोज पहिलो साता कञ्चनपुरका कोरोना संक्रमितको संख्या घटेको छ ।

ताजा समाचार

This will close in 10 seconds