अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसिटिभी क्यामेरा जडान

कञ्चनपुर 
अपराधिक क्रियाकलाप न्यूनिकरणका लागि बेदकोट नगरपालिकाले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ । नगरपालिकाको राजमार्ग क्षेत्रमाका अपराधिक क्रियाकलाप हुन सक्ने सभावित क्षेत्रमा २५ वटा क्यामेरा जडान गरेको हो । दैजी र चम्फापुर क्षेत्रमा नगरको शुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्नका लागि सिसिटिभी क्यामेरा जडान गरिएको नगर प्रमुख असोककुमार चन्दले बताउनु भयो । “नगरका अन्य क्षेत्रमा समेत सिसिटिभी क्यामेरा जडान गर्ने योजना छ” उहाँले भन्नु भयो । सिसिटिभी क्यामेरा र एक सय १६ वटा सौर्य बत्ती जडान गर्नका लागि अमृत बोहरा जेभी संग रु एक करोड १३ लाखमा ठेक्का सम्झौता गरेको छ । सिसिटिभी जडानको कार्य पुरा भएको छ । सौय बत्ति जडान गर्ने अगाडी बढाईएको छ ।

पहिलो चरणमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाँटा नगरपालिका संग जोडिएका चम्फापुर पुलदेखि सामादैजी, दैजी,सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको छ ।नगर प्रमुख चन्दका अनुसार क्यामेरा तथा सौर्य बत्ति जडान गर्न नगरले बजेट परिचालन गरेको हो । नगरको व्यस्त र भीडभाड हुने स्थानमा क्यामेरा जडान गरिएको छ नगर प्रमुख चन्दले भन्नु भयो, “नगरपालिकामा स्वदेशी लगायत विदेशी पर्यटकको आवागमन बढेसँगै अपराधिक क्रियाकलाप माथि नियन्त्रण गर्न र दुर्घटनाका घटना रोकथाममा सघाउ पुरयाउन क्यामेरा तथा सौर्य बत्ती जडानको कार्य अगाडी बढाईएको छ ।”

सिसिटिभी क्यामेराबाट निगरानी राख्नका लागि वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम राखिएको छ । नगरपालिका क्षेत्रका मुख्य बजार क्षेत्रमा सौर्य बत्ति जडान भए पछि रातीका बेला समेत उज्यालो हुने भएकाले चोरी लगायतका अन्य अपराधिक क्रियाकलप नियन्त्रण गर्न सहज हुने भएको   छ ।

ताजा समाचार