लुकिछिपि भारतबाट नेपाल छिर्न खोज्ने मोहम्मद साहिद सशस्त्र प्रहरी नियन्त्रणमा

कञ्चनपुर

लुकिछिपि भारतबाट नेपाल छिर्न खोज्ने बर्ष २९ का मोहम्मद साहिदलाई सशस्त्र प्रहरीले गएराती पुर्नवास नगरपालिका ११ डोकेबजारबाट नियन्त्रणमा लिएको छ ।भारतको लखनउ बस्ने साहिदलाई नेपाल प्रवेश गर्दै गरेको अबस्थमा नियन्त्रणमा लिई प्रहरी चौकी पचकडीयामा राखिएको छ ।

साहिदलाई लिन सीमा क्षेत्रमा ग १ च ९१६१ नम्बरको कार सहित लिन गएका कैलाली उप महानगरपालिका ३ बोराडाँडी बस्ने नेपाल अटो मोबाइलका सञ्चालक बर्ष ३२ का मुनु अन्सारीलाई समेत नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र ऐरले बताए ।

उनका अनुसार साहिदलाई भारतीय एसएसवीको चेकपोष्ट गौरीफण्टामा बुझाउने प्रक्रिया भैरहेको र नेपाल तर्फ बाट लिन गएका व्यक्तिलाई आवश्यक कार्वाहीका लागि प्रहरी चौकी पचकडीमा राखिएको छ । सशस्त्र प्रहरीको टाउके बजारमा रहेको बिओपीमा कार्यरत सशस्त्र प्रहरी र प्रहरी चौकी पचकडीयाको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको बताईएको छ ।

ताजा समाचार

This will close in 10 seconds