जिल्ला कबड्डी संघ कञ्चनपुरको कबड्डी प्रशिक्षण केन्द्रको उद्दघाटन सम्पन्न

कञ्चनपुर
जिल्ला कबड्डी संघ कञ्चनपुरको कबड्डी प्रशिक्षण केन्द्रको उद्दघाटन गरिएको छ । नवनिर्मित कबडुडी भवन आधुनिक डिजाइनमा निर्माण गरिएको छ । खेलाडीहरुलाई वस्न व्यवस्था सहितको प्रशिक्षण केन्द्र निर्माण भएको छ ।


विगतका दिनहरुमा आफुहरुले खुल्ला मैदानमा खेल्नु पर्ने, यसरी खेल्दा चोट पटक ज्यादा लाग्ने, घाँसे मैदानमा खेल्दा किरा, फट्याङ्गाले टोक्ने जस्ता डर थिए अब त्यो डर हराएको भीनपा ८ बस्ने राष्ट्रीय खेलाडी १३ औं सागमा रजत पदक विजेता सुनिता थापाले बताइन् । त्यसैगरी पहिले खेलकुद हुदाँ स्कुलहरुमा वस्नुपर्ने बाध्यता थियो अब क्याम्प यही हुन्छ बस्ने व्यवथा पनि भएकोले सहज हुने बेनपा–२ बस्ने राष्ट्रीय खेलाडी १३ औं सागमा रजत पदक विजेता जयन्ती भट्टले बताइन् ।
१ करोड १२ लाखको लगानीमा आवस सहित व्यवस्था भएको नेपालकै पहिलो प्रशिक्षण केन्द्र रहेको अध्यक्ष महेश चन्दले बताए ।

उद्दघाटन कार्यक्रममा १३ औं सार्क खेलमा महत्वपुर्ण योगदान दिए वापत ५ प्रशिक्षकलाई सम्मान पत्र दिएको छ भने भवन निर्माणमा योगदान दिने दुई जनालाई प्रशंसा पत्र दिएको छ । सम्मान पाउने प्रशिक्षकमा जगदीश चन्द्र भट्ट (भलिबल), राजेन्द्र चन्द (कुस्ती), डम्मबर दत्त भट्ट (बक्सिङ्ग), विष्णुदत्त भट्ट र तारासिह भाट (कबड्डी), प्रंशंसा पत्र पाउने पवन चन्द्र लेखक सब इन्जिनियर र विकास श्रेष्ठ भवन निर्माणको लागी दिइएको छ ।

विभिन्न खेलहरुलाई व्यवस्थित गर्ने, खेलको विकासको लागि चाहिने पुर्वाधारहरुको व्यवस्थापनका लागि एउटा कबड्डीको पनि प्रशिक्षण हल चाहिन्छ भन्ने कुराका सँग सगै कबड्डीहलको उद्दघाटन गर्न लागेका पुर्व राज्यमन्त्री माननिय प्रकाश रावलले बताउनु भयो, यसले अवश्यपनि हाम्रो यस क्षेत्रका कबड्डी खेलाडी भाई बैनीहरुलाई अफनो प्रतिभालाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन प्रतिभा देखाउन यसहलले महत्वपुर्ण भुमिका निभाउनेमा आफु विश्वसत रहको माननीय रावलले बताउनु भयो ।

जिल्ला कबड्डी संघका अध्यक्ष महेश चन्दको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुर्व राज्यमन्त्री माननिय प्रकाश रावलको प्रमुख आथित्य रहेको थियो भने कार्यक्रम सञ्चालन उत्तम विष्टले गर्नु भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds