पत्रकार बोहराको घरमा चोरी

महेन्द्रनगर 

कञ्चनपुर बाट प्रकाशित दैनिक सञ्चारका प्रवन्ध निर्देशक/प्रकाशक राम बहादुर बोहराको घरमा गएराती चोरी भएको छ ।

शनिबार राती जिल्लाको भीमदत्त नगरपालिका–१८ कटान स्थित बोहराको घरको ढोका फोडेर चोरी गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

राती २/३ बजेको समयमा बाहोराको घरबाट ८५ हजार नगद, टेलिभिजन, दुई थान मोवाईल, एउटा सुनको औँठी लगायतको सम्पती चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

‘राती सुतिरहेको अवस्थामा घरको ढोका फोडेर ८५ हजार नगद सहित अन्य सामान चोरी भयो ।’ बोहराले भने ‘ हामीले थाहा पाएनौ, चोरले सायद हामी माथी बेहोस बनाउने औषधी प्रयोग गरेको हुनु पर्छ ।’ चोरीमा संलग्नहरुको खोजीकार्य भईरहेको प्रवत्ता थापाले बताए ।

ताजा समाचार