वार्ड नं. १६ मा नेकपाका वार्ड कमिटी सदस्यलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न

भीमदत्तनगरपालिका वार्ड नं. १६ मा नेकपाको वार्ड कमिटी सदस्यलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा प्रदेश कमिटी सदस्य एव पुर्व मन्त्री माननीय प्रकाश रावलको प्रमुख आतिथ्यमा २७ सदस्य वार्ड कमिटीलाई सपथ ग्रहण गराईएको थियो ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै माननीय रावलले भने ‘सबै सदस्यहरुले निष्पक्ष भएर जनताको सेवा गर्नु पर्ने कुनै पनि लोभ लालचमा नपरी ईमान्दरीका साथ जनताको लागी काम गन’ु पर्ने, कोभिड–१९को यस्तो कहरको बेला जनताको समस्या बुझी उनीहरुको समस्या हल गर्न सबै सदस्यले लाग्नु पर्नेमा जोड दिनु भयो ।’ साथै तिन वटै सरकारले गरेका विकासका कार्यलाई प्रचार प्रसार गर्नु पर्ने र अधुरा रहेका कार्यलाईसम्पन्न गर्न लाग्नु पर्ने बताए ।

माझगाँउ एयरपोर्टमा तारवार कार्य भईसकेको अब छिटै धवन मार्ग निर्माण गरी एयरपोर्ट सञ्चालनमा ल्याउन आफुहरुले पहल गरी रहेकोले स्थानिय बासिन्दा लगायत सबैको सहकार्य जरुरी रहेको माननीय रावले बताए ।

सबै साथीहरु सँगै मिलेर पार्टीलाई अगाडी बडाउनुको साथै निष्पक्ष भएर काम गर्ने कमिटीका अध्यक्ष जोशीले बताए
उक्त सपथग्रहण कार्यक्रममा माननीय मान बहादुर सुनार, नेकपा का जिल्ला कमिटी सदस्य एव कार्यलय सचीव रबिन्द्र कुँवर, जिल्ला कमिटी सदस्य उपेन्द्र कुँवर, जिल्ला कमिटी सदस्य एव नगर कार्यपालिका सदस्य प्रताप तिरुवा ,नगर अध्यक्ष रमेश तिरुवा लगायत वडाका नेताहरु को उपस्थित रहेको थियो । सफत कार्यक्रमको अध्यक्षता वडा कमिटीका अध्यक्ष गौरिदत्त जोशीले गर्नु भएको थियो ।

ताजा समाचार