जसपा कञ्चनपुरको शुक्लाफाँटा नगर पार्टी कार्यालय उद्घाटन

कञ्चनपुर

जनता समाजवादी पार्टी नेपाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गरिएको छ । एक कार्यक्रमका विच जनता समाजवादी पार्टी नेपाल शुक्लाफाँटा नगरको पार्टी कार्यालय उद्घाटन गरिएको हो । जसपाका संघीय परिष्द सदस्य अभिषेक सिह(गुरु)को प्रमुख आथित्यमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । जसपा शुक्लाफाँटा नगरपालिकाको दिप प्रज्वलन गरि पार्टी कार्यालय उद्घाटन गरेका थिए ।

जसपा शुक्लाफाँटाका अध्यक्ष पुरन रानाको अध्यक्षतामा उद्घाटन गरिएको पार्टी कार्यालय कार्यक्रममा जसपा संघिय परिषद सदस्य बासमति राजी, प्रदेश सदस्य सिद्धराज सोती, प्रदेश सदस्य बिनोद चन्द, कञ्चनपुर अध्यक्ष राधेश्याम भट्ट, प्रदेश सदस्य शेर सिंह पुजारा, बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष गजेन्द्र बिष्ट, जिल्ला उपाध्यक्ष एवम महिला संघ जिल्ला अध्यक्ष गोमति पुजारा, उपाध्यक्ष चन्द्रकान्त लामिछाने, सुकुम्बासी प्रदेश अध्यक्ष सोनम पुजारा लगायत जसपाका नेता कार्यकर्ताको सहभागिता रहेको प्रमुख अतिथि समेत रहेका जसपाका संघीय परिष्द सदस्य अभिषेक सिह(गुरु)ले बताए । पार्टी कार्यालय स्थापनासंगै पार्टीका दैनिक कामकाजमा सहजता आउने नेताहरुले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds