कञ्चनपुर उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारीको स्वागत

कञ्चनपुर
कञ्चनपुर उद्योग वाणिज्य संघले हालै यस जिल्लामा पाल्नु भएका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको एक समारोहका वीच स्वागत तथा परिचयात्मक कार्यक्रम संघका अध्यक्ष जंग वहादुर मल्लको सभापतित्वमा आयोजना गरियो । संघका अध्यक्ष मल्लले खुला सिमानाका कारण हुने चोरी निकासीको साथै यस जिल्लाका उद्योगि व्यवसायीहरुका समस्या राख्नु भएको थियो ।

यसै गरि महाकाली यातायतका अध्यक्ष डम्मर राज पन्तले यातायात व्यवसायीका समस्याहरु राख्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी महतोले कोरोना महामारीलाई निरुत्साहित गर्ने कार्य मुख्य हो भन्दै उद्योगि व्यवसायी लगायत सबैले सहयोग गर्नु पर्ने, उद्योग वाणिज्य संघ संग समन्वय गरेर अगाडी वढने, उद्योग व्यवसाय प्रवद्र्धन गर्न सहयोग गर्ने, जिल्लाको शान्ति सुरक्षा, आर्थिक समृद्धि, व्यवसायीहरुको हकहितका लागि कार्य गर्ने कुरा राख्दै सरकारले पनि निजी क्षेत्रलाई पिल्लरको रुपमा लिएको र त्यसलाई वोध गरेर हामीले अगाडी वढनु पर्ने कुरा वताउनु भयो ।

यसै क्रममा उपस्थित विभिन्न संघ/संस्थाका अध्यक्षहरुले र संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष उद्योगी व्यवसायीहरुका समस्या तथा विविध विषयमा कुरा राख्दै व्यापक छलफल भएको थियो । वरिष्ठ उपाध्यक्ष पिताम्वर जोशीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको संचालन सचिव गणेश चटौतले गर्नु भएको कुरा संघका कार्यकारी अधिकृत हेमराज भट्टले जानकारी दिनु भयो ।

ताजा समाचार