दोधारा चाँदनीको गरिब तथा दलित बस्तीमा खाद्यान्नको चरम अभाव : हेर्या हेर्यै सरकार

दोधारा 

लकडाउनका कारण माहाकाली नगरपालिकाको बादी बस्तीमा खाद्यान्नको अभाव भएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ को बादी बस्तीमा मागी खाने काम रोकिएपछि एक छाक खानको लागी पनि धौं धौं पर्न थालेको उनिहरुले बताएका छन् । घरमा चुल्हो बल्न नसकेकाले रोगले भन्दा भोकले मरिने पो हो कि भन्ने चिन्ता उनिहरुमा थपिएको बस्तीको गुनासो छ् । मादल बजार गीत गाँउदै गाँउ, शहर डुलेर कमाएर खाने घर परिवारहरु कोरोना भाइरसको कारण खाद्यवस्तु जुटाउन समस्या परेको उनीहरुले बताएका छन् । बिनोद बादीले बस्तीका सबै घरपरिवार सुकुम्बासी रहेको बताउदै उनले भने,– ‘ठाँउ ठाँउमा राहत बाडेको खबर सुन्नमा आउछ, तर हाम्रो बस्तीमा राहत आईपुगेको छैन ।’ १४ वर्षका उमेर देखि मादल बजाउदै गीत गाएर परिवार पाल्दै आएका ६० वर्षीय लोक बहादुर बादी गीत गाउने र मादल बजाएर माँगी खादै आएकाहरुलाई लकडाउनका कारण त्यो पनि बन्द भएपछि रोजिरोटीनै खोसिएको बताए ।

लोक बहादुर बादी प्रश्न गर्छन्,– ‘हामी त आज ल्याएर आजै खाने हो, बच्चा भोक लाग्यो भन्छन्, के गर्ने ?’ माहाकालीका बिभिन्न गाँउ बस्तीमा चहारेर माँगी हिड्नेर जिविको पार्जनको लागी भारत ज्याला मजुरी गर्दै आएका बादी घरपरिवारमा खाद्यान्नको चर्को समस्यामा देखिदै आएको हो । ‘लकडाउनको कारण गाँउ बस्तीमा खाद्यान्न पनि दिन मान्दैनन्, भारत जानको लागी पनि रोक लगाएको छ्’ पुजा बादीले भने– ‘रासन अभावको कारण घरमा एक छाक खान सुरु भएको छ् ।’ घरमा भोकमरीको अभाव श्रजना हुन थाले पछि आफ्नो श्रीमान बिनोद बादीलाई पुजाले जसरी भएपनि भारत पठाउने निधो गरेको बताएका छन् । उनले आज माहाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालयमा आफ्नो श्रीमान भारत जान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सिफारिस गरिदिन निबेदन समेत दिएको पुजाले बताईन् । स्थानीय सरकारले खाद्यान्नको जोहो गरिदिनु पर्ने उनको माँग छ् ।

‘दिनभरी गाँउ बस्ती चहारेर ल्याएको खाद्यान्नले परिवारको समस्या टारिरहेका थियौ, रोगले त पछि मर्ने भयौं, अहिले त भोकले मर्ने स्थिति आयो,’ उनले थपिन्– ‘केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्यौं, हातमुख जोर्न पनि गाहे हुन थाल्यो ।’ विश्वव्यापी फैलिएको कोरोना भाईरसबाट बच्न नेपाल सरकारले नेपालभरी लकडाउन लगाउदा प्रत्यक्ष मारमा ज्याला मजदूरी गरेर जीविका चलाउने परिवारमा पर्दै आएको हो । लकडाउनका कारण सीमान्तकृत समुदायका परिवारको अवस्था दिन प्रतिदिन कष्टकर बन्दै गईरहेको छ । समाजमा रहेका अति विपन्न गरिब दलित समुदाय, दैनिक ज्याला मजदुरी गरि खाने घरपरिवारहरुको दैनिकी कष्टकर बन्दै गएको छ् । कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन गर्दा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बादी बस्तीमा मात्रै हैन् माहाकाली नगरपालिकाका बिभिन्न दलित बस्तीमा समेत चर्को प्रभाव देखिएको छ् । बादी बस्तीको छेउमै रहेको दमाई बस्तीमा समेत छाक टार्न हम्मे हम्मे परेको सिता दमाईले बताईन् । माहाकाली नगरपालिकाका अधिकांश दलित बस्तीका प्राय: सबै परिवार ज्याला मजदुरीमा आश्रित छन् । बस्तीमा भोकमरी छाउदै यस्तो अवस्थामा पछाडि पारिएका वर्ग दलित समुदायको आधारभूत आवश्यकता भोक मेटाउन दैनिकी खानाको लागी सहज परिपूर्ति गर्ने काम राज्यको दायित्व हो ।

तर दुःखको कुरा हो । सरकारले उपलब्ध गराएको भनिएको राहत गरिखाने घरपरिवारमा सक्कीएको छ् । यस्तो अवस्था बिच लकडाउनमा संघ र प्रदेशले स्थानीय सरकारलाई आफ्ना नागरिकलाई भोकमरीबाट बचाउन दिएको राहतमा चरम राजनीति हुने बारम्बार प्रयास हुदै आएको खबर सुन्नमा आउने गरेको छ् । राहत वितरणमा यिनीहरुले अपनाएका नीतिगत विवादष्पद छ्न् । र, ती व्यवस्थाले सिर्जना गरेका अन्तर विरोध र राहत वितरणमा भोटको स्वार्थ गर्दै राजनीतिको प्रभावले विपन्न नागरिक मारमा परिरहेका छन् । गाँउमा हुनेखानेले पनि राहत माँगिरहेको र पाईरहेको अवस्था सुन्नमा आउछ्् । गाँउमा राहत वितरणमा समेत राजनीति गर्ने प्रयास हुदा राहत बितरण गर्दा समेत निकै कठिनाई सहनु पर्ने अवस्था देखिन्छ् । यस्तो अवस्थामा कति विपन्नले राहत पाए वा कतिको चुलो बल्नै बाँकी छ भन्ने तथ्यांक कुनै पनि सरकार संग नहुनु दुःखद हो । प्रदेश मन्त्रालयको महलमा ती माननीयहरु गरिबको पिडा हेर्न अहिले सम्म गाँउ वस्ती पसेको छैनन् । राहत वितरण विवाद समाधान गराउन नस्कनु जनप्रतिनिधिको लज्जाष्पद कुरा हो । अहिलेको अवस्थामा भोटको राजनीति हैन गरिब भोक मेटाउने कार्य हुनुपर्दछ् ।

 

ताजा समाचार

This will close in 10 seconds