पिडामा मलहम लगाउन प्रयत्न गर्दै दोधारा चाँदनीका युवाहरु

दोधारा

कोरोना भाइरसको कारण सरकारले लकडाउन गरेपछि माहाकाली नगरपालिकामा गरिखानेहरुको बिचल्ली मच्चीएको छ् । दैनिक ज्यालादारी गरि साँझ कमाएको पैसाले छाक टार्ने बिपन्न परिवारमा अझै पनि चुल्हो जलाउन हम्मे हम्मे छ् । उनिहरुको पिडा सहनै नसक्ने अवस्थाको छ् । माहाकाली नगरपालिकाले २ चरणमा गरिब तथा बिपन्न परिवारलाई राहत बाढ्यो । कती बिपन्न परिवारले पाए कतीले पाएनन् त्यो अर्कै बिषय हो । तर जनतामा हुने खाने परिवारले समेत माहाकाली नगरपालिकाले बितरण गरेको राहत पाए भन्ने चर्चा छायो । जुन केही समयको लागी चर्चाको बिषय पनि बन्यो । मजदुर एवं विपन्न वर्गका मानिसको स्पष्ट परिभाषा र तथ्यांक समेत नहुदा यस्तो समस्या आएको हुनसक्छ् । नगरपालिकाले २ चरणमा राहत बितरण गरेपछि फेरी राहत बाढ्ने काम चाही छाड्यो ।

अपबादकोरुपमा केही वडा कार्यालय र जनप्रतिनिधीहरुले दाता संग जोहो गरे राहत बितरण गरेको भन्ने समय समयमा खबर सुन्न पनि पाईयो । जुन स्वागत योग्य कार्य चाही पक्कै हो । पछिल्लो समय आएर यहाँ स्थित खुलेका बिभिन्न युवा संजाल तथा युवाहरु मिलेर राहतको जोहो गरि आफुहरुले देखेको गरिब तथा अतिबिपन्न परिवारलाई राहत बितरणको श्रंखला सुरु भएको छ् । त्यो चाही कार्यमा युवाहरुको कामलाई प्रशंसा गर्नुनै पर्छ । आफ्नै घरबाट चामल, आलु, दाल संकलन गरि राहत दिने कार्यमा कस्सीएका प्रबिना बुढा क्षेत्रीले यसरी उनिहरुको पिडामा घर पुगेर सहयोग गर्न पाएकोमा आफुहरु खुशी हुने गरेको बताएका छन् । उनिहरुले केही दिन अघि आफु आफै राहत संकलन गरि माहाकाली नगरपालिकाका केही गरिब तथा बिपन्न परिवारलाई राहत बितरण गरेपछि उनिहरुलाई बैदेशिक रोजगारीमा गएका नेपालीहरुले पनि सघाउन थालेको प्रबिना बताउछन् ।

लकडाउनको कारण मारमा पर्दै आएका गरिब तथा अतिबिपन्न परिवारलाई अबका दिनहरुमा सहयोग गर्न आफु र आफ्नो टिम लागिपरेको प्रबिना बताउछन् । प्रबिना लगाएत उनका टिमले एक युवा टिम गठन गरि राहत दिने कार्य अघि बढाउदै आएका छन् । यस्तै हालै माहाकाली नगरपालिकामा गठन भएको डिसी युथ नेटवर्कले दाताहरु संग समन्वय गरि माहाकाली नगरपालिका बिभिन्न वडा तथा टोलमा रहेका गरिब घरपरिवारलाई राहत दिदै आएको डिसी युथ नेटवर्क माहाकालीका संयोजक जिवन धामीले बताएका छन् । ‘लकडाउनको मारमा परेका गरिब तथा अतिबिपन्न परिवारलाई राहत दिने काम अघि बढाउदै आएका छौ’ डिसी युथ नेटवर्कका संयोजक जिवन धामीले भने । माहाकाली नगरपालिका स्थित वडा नं. ७ मा रहेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका युवा पदाधिकारीहरुले पनि लकडाउनका कारण पिडामा रहेको गरिब परिवारलाई बिगत केही महिना देखि राहत बितरण गर्दै आएको छ् । रेडक्रसमा युवा पदाधिकारीको आगमन पछि बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आह्वान गरि थुप्रै रकम संकलन गरि बेलाबखत खाद्यान्न तथा नगद रकम बितरण गर्दै आएका छन् ।

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल अनुसार आफुहरुले बिदेशमा रहेका दाजु भाईहरुलाई पिडाको बेला दुखी गरिबलाई केही महिना देखी सहयोगको याचना गरेको कारण बिदेशमा रहेका रहेका नेपाली दाजु भाईहरुले राम्रै सहयोग पठाई आफुहरुले उनिहरुले पठाएको रकमले गरिबको घर–घरमा पुगाउने काम मात्रै गरेको बताएका छन् । यस्तै माहाकाली नगरपालिकामा गठित बिभिन्न युवा संजालहरुले आफै बस्तीमा घुमेर वास्तविक बिपन्नको घर परिवार छनौट गरि खाद्यान्न बितरण गर्दै आएको छन् । आफुले बितरण गरेको राहत कार्यलाई युृवाहरुले उच्च प्राथमिकताका साथ सामाजिक संजालमा फोटोहरु अपलोड गर्दै आएका छन् ।

आफुहरुले माहाकाली नगरपालिकाका बिपन्न परिवारलाई दिएको राहतको तस्बिर सामाजिक संजालमा अपलोड गरि पाएको प्रशंसाले आफुहरु निकै उत्साहित हुदै आएको उनिहरु बताउछन् । लकडाउनमा बेला गरिखानेहरुलाई खानाको समस्या पर्दै गरेको अवस्थामा थोरै भएपनि सहयोग गरेकोमा सरकारलाई सघाएको उनिहरुको भनाई रहेको छ् । ‘हामीहरुले धर्म कमाए संगै हामीहरुले सरकारलाई सघाएका हौं’ उनिहरु भन्छन् । समुदायमा पिडाको बेला स्र्फुतरुपमा सहयोग गर्दै आएका युवाहरु प्रति स्थानियबासी उनिहरुको सामाजिक कार्य प्रति मख्ख छन् ।

ताजा समाचार