होम क्वारेन्टाईनमा रहेका दोधारा चाँदनीका एक युवकमा कोरोना संक्रमण

दोधारा

माहाकाली नगरपालिकामा एक जना युवकमा कोरोना संक्रमण देखिएको छ । माहाकाली नगरपालिका वडा नंं २ का २९ वर्षिय युवकको पिसिआर रिपोर्टमा पोजिटिभ आएको हो । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर जाँचमा माहाकाली नगरपालिका एक युवकमा कोरोना देखिएको हो । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालले एक बिज्ञप्ती मार्फत उक्त जानकारी दिएको छ् ।

केही दिन क्वारेन्टाईनमा बसेका युवक होम क्वारेन्टाईनमा रहदै आएकोमा पिसिआर रिर्पोटमा पोजिटिभ देखिएको माहाकाली नगरपालिकाका स्वास्थ्य प्रमुख जय बहादुर महराले बताएका छन् । ति युवक भारतबाट हालै आएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि युवकलाई महाकाली अस्पतालको आईसोलेसनमा पठाउन तयारी गरिएको माहाकाली नगरपालिकाका स्वास्थ्य संयोजक जय बहादुर महराले जानकारी दिएका छन् । भारतबाट फर्किने क्रम अझै जारी रहेको र फर्केकाहरुलाई माहाकाली नगरपालिकाले क्वारेन्टाईनमा राखेर पिसिआर जा“चको लागी स्वाब संकलन गर्ने कार्य अघि बढाउदै आएको छ् । माहाकाली नगरपालिकामा बिहिवार सम्म देखिएका सहित हाल सम्म ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

ताजा समाचार

This will close in 10 seconds