सुदूरपश्चिममा एक पछि अर्को पिसीआर मेसिनकाे उद्घाटन

कञ्चनपुर 
सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमण पुष्टि हुँदै गएपछि एक पछि अर्को पिसिआर मेसिनको उद्धघाटन गरिएको छ। बैतडीमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि पिसिआर मेसिन सञ्चालनमा आएको छ । जिल्ला अस्पतालमा बिहीबार औपचारिक कार्यक्रम गरी मेसिनको उद्घाटन गरिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले संयुक्त रुपमा एक कार्यक्रमका साथ रिबन काटेर उद्घाटन गरेका छन् ।
पिसिआर मेसिन सञ्चालनका लागि जनशक्ति, उपकरण अभाव र बजेट अभाव हुन नदिने ‘यो कोरोना महामारीकाबीच प्रयोगशाला स्थापना गरी मेसिन सञ्चालनमा ल्याएका छौ’ यसका लागि प्रदेश सरकार पूर्ण रुपमा सहयोग गर्छ ।’ सामाजिक बिकास मन्त्री सुवेदीले भन्नु भयो। यसैगरी उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले मेसिन सञ्चालनमा आएपछि कोरोना परीक्षणका लागि बाहिर जानु पर्ने बाध्यता हटेको उल्लेख गर्दै प्रदेश सरकारले सञ्चालनमा सबै सहयोग गर्ने गरि अगाडि बढ्ने उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रतिबद्धता जनाउनु भो।
सुदूरपश्चिम प्रदेश सरकारले अस्पतालमा कोभिड १९ परीक्षण प्रयोगशाला स्थापना गरी मेसिन सञ्चालनमा ल्याएको हो । कोरोना भाईरस संक्रमणको परीक्षण दायरा बढाउन बैतडीमा प्रयोगशाला बनाइएको हो । अब कतिको सहज र परिक्षणको दायरा कतिको मात्रामा बढ्ला भन्ने र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा परिक्षणका लागि मेसिन जडान भए पनि जनशक्तिको अभाव र परिक्षणको मात्रा बढाउन भने सकेको छैन्।

ताजा समाचार