खेलकुदमा क्रेज बढाउन दोधाराका युवाहरुलाई खेल सामग्री प्रदान

दोधारा

माहाकाली नगरपालिकामा खेलाडीहरुलाई खेल प्रति रुची एवम् हौसल प्रदान गर्ने हेतुले खेल समाग्री प्रदान गरिएको छ् । डिसी युथ नेटवर्क माहाकालीको आयोजना, सृजना युवा क्लव माहाकालीको पहल र सामाजसेवी भिम कुमालको सहयोगमा आज सृजना आधारभुत बिद्यालयमा प्रांगणमा संचालन भएको युवा क्लवको स्थानिय स्तरको खेलमा २ थान फुटवल हस्तान्तरण गरिएको सृजना आधारभुत बिद्यालयका शिक्षक तथा सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्ष अमर बस्नेतले जानकारी दिएका छन् । माहाकाली नगरपालिका वडा नं. २ निवासी तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमालको सहयोगमा खेलाडीहरुलाई खेल सामग्री प्रदान गरेको शिक्षक तथा सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्ष अमर बस्नेतले बताएका छन् ।

खेलकुद प्रति युवा वर्गको क्रेज बढाउन र रचनात्मक कार्य गर्ने उद्देश्यले समाजसेवी भिम कुमालले २ थान फुटवल हस्तान्तरण गरेका बताईएको छ् । दोधाराका युवाहरुमा खेलकुद प्रति एकदमै रुचि रहेको आफुले देखेको कारण युवाहरुलाई खेलकुदमा थप क्रेज बढाउन फुटवल हस्तान्तरण गरिएको भिम कुमालले बताउदै युवा खेलाडीहरुमा खेल प्रति थप उर्जा भर्न उक्त खेल सामग्री प्रदान गरेका उनले बताएका छन् । समाजसेवी कुमालले आफूले आगामी दिनमा समेत खेलकुदको विकासका लागी सहयोग गर्न तयार रहेको बताएका छन् । ‘खेलाडीहरुको मनोवाल उच्च राख्न तथा युवाहरुलाई कुलतबाट जोगाई खेल प्रति आकर्षण बढाउन सहयोग गर्न तयार छु’ समाजसेवी भिम कुमाले भने ।

फुटवलको अभाव रहदै आएका खेलाडीहरुलाई खेल संचालनमा थप प्रोत्साहन हुने खेलाडीहरुले जनाएका छन् । खेल सामग्री हस्तान्तरण कार्यक्रममा फुटवल पाएपछि खेलाडीमा थप हौसला मिलेको खेलाडीहरुले प्रतिक्रिया दिएका छन् । फुटवल हस्तान्तरण कार्यक्रममा सृजना आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बलराम बराल, माहाकाली नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषिराम थापा क्षेत्री, सृजना आधारभुत बिद्यालयका शिक्षक तथा सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्ष अमर बस्नेत, डिसी युथ नेटवर्क माहाकालीका पदाधिकारी जिवन धामी, मन कुमारी बुढा मगर, भक्त बहादुर रावत, स्थानिय तथा नेकपा माहाकालीका नगर सदस्य राम प्रसाद पौडेल लगाएत खेलाडीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds