अथर्स सोसाईटीको दोधारा चाँदनीमा नगरस्तरीय अन्तर माध्यमिक वतृत्वकला प्रतियोगिता

दोधारा

महाकाली नगरपालिकाका प्रतिभाशाली एवम् ईच्छुक युवाहरुका लागी नवस्थापित अथर्स सोसाईटीले आउने असोज ६ गते ‘सामाजिक सेवा’ दिवसको अवसरमा नगरस्तरीय अन्तर माध्यमिक तहगत बतृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ् । कक्षा १२ सम्मका माहाकाली नगरपालिकामा बसोबास गर्ने जुनसुकै पनि इच्छुक विद्यार्थी साथीहरुले सहभागिता जनाउन पाउने अथर्स सोसाईटीको सामाजिक संजाल पेजमा जनाएको छ् । नव प्रतिभाको खोजको लागी अथर्स सोसाईटीले प्रतियोगिताको आयोजना गरेको जनाएको छ् ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. ५ हजार नगद, द्वितीयलाई ३ हजार र तृतिय हुने बिद्यार्थीलाई रु. २ हजार नगद धनरासी प्रदान गरिने जनाईएको छ् । प्रतियोगिता २ चरणमा सम्पन्न गरिनेछ् । पहिलो चरण छनौट चरण रहने छ् । ईच्छुक विद्यार्थीहरुले कुनै पनि एक फ्रि टोपिकमा ३ देखी ५ मिनेट सम्मको भिडियो फेसबुक पेज अथर्स सोसाईटी मार्फत ईनबक्समा बिना कुनै सम्पादन तथा सिंगल सुट गरि रेकर्ड गरी पठाउन पर्ने अथर्स सोसाईटी माहाकालीका बिराट भट्टले जानकारी दिएका छन् । अथर्स सोसाईटीका बिराट भट्टका अनुसार पहिलो चरणका लागी भिडियो असोज १ गते देखि असोज ३ गते सम्म बिहान ९ बजे देखि साँझ ५ बजे सम्ममा अथर्स सोसाईटीको अफिसियली फेसबुक पेजको मेसेज बक्समा पठाई सक्नु पर्ने छ ।

निर्णायकहरुको टोलीले उत्कृष्ट वक्ताहरुको समुह छनोट गरी असोज ४ गतेका दिन अथर्स सोसाईटीको अफिसियल पेजमा नाम र भिडियो सहित सार्वजनिक गर्ने छ् । यसरी पहिलो चरणमा छानिएका विद्यार्थीहरुले मात्र दोस्रो राउण्डमा सहभागी हुन पाउने छन् । यदि पहिलो चरणमा पठाईएका भिडियोहरु सम्पादन रहेछन् भने स्वतः त्यस्ता भिडियो बदर हुने छन् र सो बिद्यार्थी प्रतियोगिताबाट बाहिरिने उनले बताए । दोस्रो चरणको लागी शिर्षक असोज ४ गते अथर्स सोसाईटीको अफिसियली फेसबुक पेजमा तोकिने छ् । दोस्रो चरणको लागी प्रतियोगिता हुने स्थान माहाकाली नगरपालिका वडा नं. ४ स्थित नेपाल रेडक्रस सोसाइटी चाँदनी उपशाखाको हल रहने आयोजक संस्था अथर्स सोसाईटी माहाकालीले जनाएको छ् । प्रतियोगितामा सहभागी हुन अथर्स सोसाईटी माहाकालीले सबैमा अनुरोध समेत गरेको छ् ।

ताजा समाचार

This will close in 10 seconds