कोरोना भन्दा आत्महत्या भयावह : ६ महिनाको अवधिमा १ सय १२ जनाले ज्यान गुमाए

कञ्चनपुर

करिब ६ महिना अर्थात एक सय ८० दिनको अवधिमा कोरोना रोगबाट कञ्चनपुरका एक जना युवकको मृत्यु भएको छ । भने सोही अवधिमा एक सय १२ जनाले आत्महत्या गरेका छन् । संसारभरी मानिसलाई कोरोनाबाट कसरी बाँच्ने भन्ने चिन्ता भईरहेका बेला कञ्चनपुरका केही व्यक्ति आत्महत्या गर्न उद्यत भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार गत १० चैत्रदेखि भदौँ तेस्रो सातासम्ममा कोरोनाले एक र आत्महत्याबाट १ सय १२ जनाले ज्यान गुमाएका छन् । कोरोना अनुपातमा सत प्रतिशतले आत्महत्याबाट ज्यान गुमाएका हुन् । १४ बर्षिया बालिकादेखि ५० बर्षसम्म उमेर समुहका मानिसले आत्महत्या गरिरहेका छन् । चैत्र ११, बैशाख ६, जेठ २६, असार २६, साउन २८ र भदौँ तेस्रो सातासम्ममा १५जनाले आत्महत्याबाट ज्यान गुमाईसकेका छन् । १६ भदौँमा कञ्चनपुर कारागारबाट केन्द्रीय कारागार सारिएका भीमदत्त नगरपालिका ९ मटैनाका युवकलाई अन्य रोगसंगै कोरोना समेत देखिएको थियो ।

लकडाउनदेखि यता प्रतिदिन डेढ दिनमा कञ्चनपुरमा १ जनाले आत्महत्या गरिरहेका छन् । ५० विष सेवन ६२ जना झुण्डिएर आत्महत्या गरेका छन् । स्याउखाएको आरोपदेखि प्रेममा धोकादिएसम्म मानिसले आत्महत्या गरेका छन् ।
तथ्याङ्क अनुसार कञ्चनपुरमा कोरोना भाईरस भन्दा आत्महत्या मनोवृतले मानिसको ज्यान धमाधम लिईरहेको पाईन्छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले लकडाउन भन्दा पछि आत्महत्याका घटना बढेको बताए । ‘सानो भन्दा सानो विषयमा विवाद हुँदा आत्महत्याका घटना भएका छन, ‘प्रवक्ता थाापाले भने, ‘लकडाउनमा परिवारका सबै सदस्य घरमा हुँदा अभिभावकले आफ्ना सन्तानको कमिकमजोरी पत्ता लगाएकै कारण आत्महत्या गरिरहेका छन् ।’ सहनशील क्षमताको कमि भएकै कारण आत्महत्याका घटना बढेको उनले बताए ।

कोरोना भन्दा आत्महत्याका घटनाले कञ्चनपुर आक्र्रान्त बनिरहेको छ । आत्महत्यालाई मनोवैज्ञानिक रुपमै अन्त्य गर्न सकिएको छैन् । क्षणिक आवेग, सहनशील क्षमता अभाव, अनावश्यक काममा लिप्त भएकै कारण मानिसले आत्महत्या गरिरहेको नागरिक अगुवाको बुझाई छ । आत्महत्या न्यूनिरणको उपायातर्फ जुट्नुपर्ने उनीहरुको सुझाव छ ।
आत्महत्या रोकथामका लागि मुलुक अपराध संहिता २०७४ मा दण्ड सजायको नयाँ ऐन आएपछि आत्महत्या रोकिएको छैन् । आत्महत्या रोकथामका लागि ऐन भन्दा मानिसको मनोविज्ञान रोक्नुपर्ने जानकारीको सुझाव छ ।

ताजा समाचार