पुनर्वास प्रहरी स्थानीयको विवाद साम्य

लाल ब. एसके /कञ्चनपुर

जुवा खेलिरहेका बुढापाखा पक्राउ प्रकरणमा प्रहरी र स्थानीयविच भएको विवाद साम्य भएको छ । प्रहरीले स्थानीय र स्थानीयले प्रहरीलाई लगाएको आरोप साम्य भएको हो । मंगलबार सरोकारवालाविच भएको छलफलबाट पूनर्वास ईप्रकामा भएको घटना आगामी दिनमा दोहो¥याउन नदिने सहमती भएको पुनर्वास नगरका मेयर जिवन राज थापाले बताए । प्रहरी र स्थानीय दुवैबाट भएका गतिबिधी वा कमिकमजोरी सच्यााउने र आगामी दिनमा घटना दोहो¥याउन नदिने सहमती भएको मेयर थापाले बताए ।

प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, पुर्व सहायकमन्त्री समेत रहेका नेकपा नेता लाल बहादुर विश्वकर्मा, नेकपा क्षेत्र नम्बर १बा संयोजक पल्लवराज भट्ट, मेयर जिवन थापा, उप मेयर शारदा विष्ट(धामी), कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनी, ईप्रका त्रिभुवनबस्तीका इन्चार्ज वकिल बहादुर सिह लगायतका सरोकारवाला पक्षले दुवैपक्षबाट भएका कमिकमजोरी सच्चाएर आगामी दिनमा अझै शान्ति सुरक्षाका लागि मिलेर अघि बढ्ने सहमती भएको हो ।

ताजा समाचार