दोधाराको कमलशा शिवालय बाबा मन्दिरलाई सहयोग

दोधारा 

माहाकाली नगरपालिका स्थित रहेको कमलशा शिवालय बाबा मन्दिरलाई दोधाराका एक युवकले सहयोग गरेका छन् । माहाकाली नगरपालिका वडा नं. ७ स्थित रहेको श्री कमलशा शिवालय बाबा मन्दिरलाई सोही वडा निवासी सन्दीप कुमार उपाध्याय्ले एक थान पानी फिल्टर, एक थान बाटा (टप) र १३ बोरा सिमेन्ट सहयोग गरेको बताईएको छ् ।

हिजो एक कार्यक्रमको बिच सन्दीप कुमार उपाध्याय्ले उक्त समाग्री श्री कमलशा शिवालय बाबा मन्दिर माहाकालीका अध्यक्ष केशव प्रसाद बराललाई हस्तान्तरण गरेको सन्दीप कुमार उपाध्याय्ले जानकारी दिएका छन् । मन्दिरमा आएका भक्तजनहरुलाई शुद्ध पानीको समस्या देखिदै आएको र मन्दिर निमार्ण गर्नु पर्ने भएको हुदा ब्यक्तीगतरुपमा उक्त सामग्री प्रदान गरिएको बताईएको छ् ।

श्री कमलशा शिवालय बाबा मन्दिरले दाता सन्दिप कुमारलाई सहयोग गरेबाफत धन्यबाद दिदै श्री कमलशा शिवालय बाबा मन्दिरको भौतिक निमार्णमा सहयोग गर्न सबैलाई आह्वान समेत गरिएको श्री कमलशा शिवालय बाबा मन्दिरले जनाएको छ् । हस्तान्तरण कार्यक्रममा श्री कमलशा शिवालय बाबा मन्दिरका अध्यक्ष केशव प्रसाद बराल, मन्दिर समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds