दुई बर्ष देखि दोधाराका २७ बर्षिय सुनार बेखबर, खोजी गरिदिन आफन्तको आग्रह

दोधारा

माहाकाली नगरपालिकाका एक युवक दुई बर्ष देखि बेपत्ता भएका छन । माहाकाली नगरपालिका वडा नं. ६ कालागढ निवासी वर्ष अन्ताजी २८ का अमर सुनार रोजगरीको सिलसिलामा भारत रहदा उनि दुई बर्ष देखि बेपत्ता भएका हुन् । अमर सुनार बिगत २ बर्ष देखि रोजगारीको सिलसिलामा भारतको चेन्नइ स्थित एक होटेलमा काम गर्दै आएका थिए । भारतको चेन्नईमा रोजगारी गरिरहेका सुनार गत २ बर्ष देखि सम्पर्क बिहिन भएको उनका श्रीमती ज्योती सुनारले जानकारी दिइन् । ‘चेन्नईमा छु भन्नु हुन्थ्यो, भदौमा आउछ भन्नु भएको थियो, पछि फोन लाग्न छाड्यो, उताबाट पनि फोन आउनै छाड्यो’ ज्योती सुनारले भनिन् ।

यसरी लामो समय देखि सम्पर्क बिहिन भएपछि ज्योतीको घरमा चिन्न्ता बढेर गएको छ् । ज्योतिका अनुसार उनि एकिन ठेगाना नभई कहिले चेन्नई र कहिले बैगलोर भन्दै आएपनि पछि एक्कासी बेखबर भएको बताइन् । घरमा कमाउन एक मात्रै मान्छे बेपत्ता भएपछि ज्योतीको घरमा पिडा छाएको छ् । कोरोना भाइरसको कारण लकडाउन त्यसैमा कमाउने मान्छे २ वर्ष सम्म बेपत्ता भएपछि घरमा चुल्हा जलाउन समेत समस्या पर्दै आएको ज्योतीको परिवारजनले जनाएको छ् । एक छोरा र एक छोरीका आमा ज्योती सुनार श्रीमान बेपत्ता भएपछि एकहोर टोलाएर दिन बिताउदै आएको छिमेकीले बताएका छन् । ‘घरपरिवारलाई धेरै माया गर्ने मान्छे अचानक बेपत्ता घरमा हुने पिडा थपिएको छ्’ ज्योती भन्छिन्– ‘कोरोना भाइरसको कारण सबै नेपाली आफ्नो मातृभुमी फर्केर आए तर मेरो श्रीमानको अत्तोपत्तोनै छैन् ।’ घरमा श्रीमानको बेपत्ता भएपछि आफुलाई खाना खान मन नलाग्ने गरेको उनि बताउछन् । माहाकाली नगरपालिकामा रहेका क्वारेन्टाईनमा समेत आफुले बेलाबखत श्रीमानको खोजी गर्दै आएको उनले बताए ।

घरमा कमाई गरि पैसा पठाउने एक मात्रै मान्छेको अवस्था बेखबर बन्दै गएपछि उनिहरुको परिवारजनमा पिडा थपिदै गएको छ् । छोरो अमर सुनारको बेखबर भएको भन्दै अमरकी आमा बिमला सुनारले खोजी गरी दिन आग्रह गरेकी छन् । ८ बर्षे छोरा र ४ बर्षे छोरीका बुवा अमरलाई परिवारको तर्फबाट भने जहा“ भएता पनि फोन सम्पर्क गर्न र घर फर्किदिन आह्वान गरेका छन् । छोराको खुशीको लागी आफू जे गर्न तयार रहेको भन्दै कसैले आफनो छोराको बारेमा जानकारी पाएमा खबर गरिदिन हुन समेत अमर सुनारका आमा बिमला सुनारले आग्रह गरेका छन् । छोराकाृे बारेमा कसैलाई जानकारी भए फोन नं. ९८१२७०७७८६ मा खबर गरि सहयोग गरिदिन बिमलाले अनुरोध गरेका छन् ।

ताजा समाचार