निर्धन लघुवित्त वित्तिय दोधारा चाँदनीद्धारा सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग

दोधारा

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले आज एक कार्यक्रम मार्फत आफनो संस्थामा आबद्ध क्यान्सर रोगले पिडित भएका सदस्यलाई सामाजिक उत्तरदायित्व अन्र्तगत र्आिर्थक राहत र मृतक सदस्यको आफन्तलाई बिमा क्षतिपुर्ती रकम प्रदान गरेको छ् । माहाकाली नगरपालिका वार्ड नं. ६ स्थित सुनौलो बिहानी टोल महिला समुहकी सदस्य चन्द्रा देवी थापा बिगत १ वर्ष देखि घाँटीको क्यान्सर रोगले पिडित रहदै आएको र नियमित औषधी उपचार गराईरहेको अवस्थामा संस्थाले आफना सदस्यहरुलाई राहत स्वरुप संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको छ् ।

राहत रकम थापालाई रु. ५ हजार र झाँक्री टोल महिला समुहकी सदस्य मृतक शान्ती देवी ठकुरीको बिमा क्षतिपुर्ती बापतको उनका श्रीमान लाल बहादुर ठकुरीलाई रु. ९७ हजार ५ सय एक रुपिँया कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिंजाली र शाखाका निमित्त प्रमुख दुखी राम बुढाथोकीले सयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष सिंजालीले संस्थाको यस प्रकारको पवित्र कार्यको खुलेर प्रशंसा गर्दै माहाकाली नगरपालिका क्षेत्रमा नेपालकै पहिलो तथा ठुलो लघुवित्त संस्थाले बिगत सात वर्ष देखि निरन्तर रुपमा यस क्षेत्रका बिपन्न वर्ग अन्र्तगतका महिला दिदी बहिनीहरुलाई समुहमा आबद्ध गराई वित्तिय तथा गैर वित्तिय सेवा दिदै बिपन्न परिवारका सदस्यहरुले बिनाधितो सामुहिक जमानीमा कर्जा लिएर सिपमुलक तथा ब्यवसायिक मुलक कार्य गरि यस क्षेत्रका स्थानियले आफनो जीवन स्तरमा सुधार गरेको देख्दा खुसी ब्यक्त गर्दै संस्थाबाट लिएको कर्जालाई सहि सदुपयोग गर्नु पर्ने कुरामा जोड दिई संस्था प्रति धन्यवाद दिएका थिए ।

आगामी दिनहरुमा समेत यस क्षेत्रका सबै विपन्न वर्गहरुलाई पनि समेटेर वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गर्नु पर्ने उनको भनाई रहेको छ् । त्यस्तै कार्यक्रममा बोल्दै शाखाका निमित्त प्रमुख दुखीराम बुढाथोकीले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले बिगत तीन दशक देखि बिपन्न परिवारलाई आफनै घरको सदस्यझै भएर निर्धन उत्थानले साथ सहयोग दिएको र हालै विश्व ब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामको लागि संस्थाले बैशाखमा रु. २८ लाख र अषाढमा १ करोड ३१ लाख रकम नेपाल सरकारको कोरोना कोष खातामा सहयोग स्वरुप जम्मा गरेको कुरा बताउदै साथै आगामी दिनहरुमा समेत समुह सदस्यहरुको सुख दुखको साथी भएर अगाडी बढने बताएका छन् । कार्यक्रममा शाखा लेखापाल दिब्यश्वर अवस्थीले यस शाखाले निरन्तर रुपमा प्राकृतिक प्रकोप, दिर्घ रोगले ग्रसित बिरामी सदस्यलाई र्आिर्थक राहत सहयोग गर्दै आईरहेको कुरा बताए । उक्त कार्यक्रममा समुह सदस्य, स्थानियहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण कर्मचारी रमेश बुढाथोकी र कुमारी दिलसरा राना मगरले गरेका थिए ।

ताजा समाचार

This will close in 10 seconds