विद्यार्थी नेतालाई नियन्त्रण लिई निर्धात कुटपिट गरि घाईते बनायो : नेकपा

विद्यार्थी नेतालाई नियन्त्रण लिई निर्धात कुटपिट गरि घाईते बनायो : नेकपा

लाल ब. एसके /कञ्चनपुर

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) पुनर्वास नगर कमिटिले विद्यार्थी नेता टेक बहादुर थापा सहितलाई कुटपिट गरि घाईते बनाएको भन्दै घटनाको सत्यतथ्य छानबिनको माग अघि सारिएको छ । नेकपा पुनर्वास नगर कमिटिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै पिपल चौतारामा केही स्थानीय बुढापाखा बसिरहेको अवस्थामा ईप्रका त्रिभुबनबस्तीको टोलीले ७ जनालाई तास खेलेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

प्रहरी हिरासतमा लिएको घटना बारे बुझ्न अनेरास्ववियूका जिल्ला कार्यालय सदस्य थापा लगायत चार जना नेकपाका स्थानीय कार्यकर्ता ईप्रकामा गई निर्देषलाई रिहाई गर्न र वास्तविक जुवा खेल्नेलाई कार्बाहीको माग गर्द प्रहरीले विद्यार्थी नेतालाई नियन्त्रणमा लिई निर्धात कुटपिट गरि घाईते बनाएको खबर बाहिरिएपछि स्थानीय नेता कार्यकर्ता माथिको प्रहरी ज्यादतीको बिरोध गर्दा समान्य झडपको अवस्था सृजना भएको जनाईएको छ । घटना बुझ्नका लागि नगर प्रमुख जिवन थापा, नगर प्रवक्ता भालमल सुनरा, पूनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ्ग, नेकपा अध्यक्ष पदम पुजारा, सदस्य खडक बिक्रम थापा, कर्ण ब. ऐडी ईप्रका पुग्दा प्रहरीले पुजारा र कुँवरमाथि गाली गलैच गर्दै साँघात्मिक हमला गरि गेट बाहिर घकेल्दै दुई तिहाईको सरकारलाई त्यसको क्षमता देखाई दिन्तु भन्दै नेता कार्यकर्तामाथि अपमान गरिएको दावि गरिएको छ ।

घटना स्थलमा नभएका ईप्रका प्रमुख वकिल बहादुर सिह र डिउटीमा रहेकी महिला प्रहरीलाई कुटपिट गरेको कपोकल्पित आरोपप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । घटनाको सत्यतथ्य तोडमोड गरि घटनालाई काल्पनिक बनाउटी विवरण तयार गरि नियन्त्रणमा लिई मरान्नासम्म हुने गरी कुटपिट गरिएका नेता कार्यकर्तालाई झुट्टा मुद्दा लगाउने प्रपञ्चप्रति समेत घोर आपत्ति जनाईएको छ । नेकपा सचिव गंगा बहादुर तामाङ्ग र अध्यक्ष पदम पुजाराद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा नेता कार्यकर्तामाथि लगाईएको झुटा आरोप निसर्त फिर्ता लिई सम्बन्धीत पक्षसंग माग गर्दै निहता व्यक्तिलई नियन्त्रण लिई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कडा कार्बाही नगरिए आन्दोलनको चेतावनी दिईएको छ । यस्तै घटनाको अनेरास्ववियू कञ्चनपुरले समेत भत्र्सना गरेको छ । अनेरास्ववियूले पनि विज्ञप्ती जारी गर्दै छलफलका क्रममा एकाएक प्रहरीले मरणासन्न हुनेगरी कुटपिट गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘प्रहरी मेरो साथी भन्ने मुल मर्मको खिल्ली उडाउँदै गैर कानुनी ढङगबाट प्रहरी कार्यालय भित्रै निर्धात कुटपिट गरिनु मानव अधिकारको गम्भिर उलङघन भएको छ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘उक्त कार्यको घोर भत्र्सना गर्दै दोषि प्रहरीलाई कार्बाहीको जोडदानर माग गर्दछौँ ।’ अनेरास्ववियूका सयोजक बिरेन्द्र राज विष्ट र सह–संयोजक ओम बस्नेतद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा बनाउटी कपोकल्पित आरोप लगाई मुद्दा लगाउने कार्य समेत भईरहेको हुँदा यस्ता खालतका गतिबिधी रोक्न प्रहरीलाई जानकारी गराईएको छ ।

संगठनका साथिहरुलाई फसाउने काम गरिए, आन्दोलनको चेतावनी दिईएको छ । तर, प्रहरीले शनिबारको घटना बारे जुवा खेलिरहेका सात जना पक्राउ गरिएको जनाउदै उनीहरुको को हुन भन्ने नाम सार्वजनिक नगरिएपछि प्रहरीको भूमिका शंकास्पद भएको छ । घटना समान्य भन्दै संचारकर्मीलाई समेत जुवारीका नाम नबताउने, जुवा खेलिरहेका नभए किन पक्राउ गरियो ? यो स्थिति ल्याउनमा ईप्रका इन्चार्जको भूमिका के रह्यो ? भन्ने जस्ता अन्यौलता छाएको छ । जुवा खेल्नेबाट रकम उठाउने र उनीहरुबाट समेत रकम लिनक लागि प्रहरीले यस्तो हतकण्डा रचेको नेकपाका नेताहरुको आरोप थियो । घटना बारे ईप्रका त्रिभुवन बस्तीका इन्चार्ज वकिल सिहले केही बोल्न चाहेनन् । यस अघि प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा प्रहार गरेको जनाएको थियो ।

ताजा समाचार

This will close in 10 seconds