रेडक्रस जिल्ला शाखाद्धारा माहाकाली नगरपालिकालाई मास्क हस्तान्तरण

दोधारा

माहाकाली नगरपालिकालाई रेडक्रस जिल्ला शाखा कञ्चनपुरले मास्क हस्तान्तरण गरेको छ् । माहाकाली नगरपालिका कार्यालयद्धारा आयोजित एक कार्यक्रमको बिच उक्त मास्क हस्तान्तरण गरिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् । रेडक्रस जिल्ला शाखा कञ्चनपुरद्धारा संचालित पश्चिम बिपद् पुर्व तयारी परियोजना अन्तर्गत माहाकाली नगरपालिका कार्यालयलाई ३ सय थान सर्जिकल मास्क प्रदान गरिएको रेडक्रस जिल्ला शाखा कञ्चनपुरको मन्त्री रघुनाथ भट्टले जानकार दिएका छन् ।

उत्त मास्क माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, माहाकाली नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र, वडा अध्यक्ष तथा रेडक्रस जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्ट रहेका थिए ।

ताजा समाचार

This will close in 10 seconds