दोधारा चाँदनीमा चार जनामा थप कोरोना संक्रमण : हाल सम्म जम्मा ६१ पुग्यो

दोधारा 

माहाकाली नगरपालिकामा चार जनामा थप कोरोना संक्रमण देखिएको छ । भारतबाट घर फर्किएका मध्य मा ४ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्तीमा माहाकाली नगरपालिका ६ का तीन जना र वडा नं. ४ का एक जनामा कोरोना देखिएको हो । कोरोना संक्रमण संक्रमण देखिएका सबै जनालाई महाकाली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको माहाकाली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको भानु उच्च माध्मिक बिद्यालयको क्वारेन्टाईनमा रहेकाहरुको मध्य ३ जनालाई कारोना संक्रमण देखिएको र अर्का होम क्वारेन्टिनमा बसेको जानकारी दिए । उनिहरु सबै जना भारतबाट आएका हुन् । माहाकाली नगरपालिका स्वास्थ्य शाखा अनुसार भदौ २१ गते उनीहरु सहित २५ जनाको पिसिआर जाँचका लागी स्बाव पठाइएको हो । त्यसमध्ये २० जनाको नतिजा आएको हो । अहिले सम्म माहाकाली नगरपालिकामा ६१ ज्नामा कोरोना संक्रमण देखिएको छ । यस अघि संक्रमण देखिएका ५७ जना निको भएर घर फर्किएका छन् ।

ताजा समाचार