झोलुङ्गेपुलको अविलम्ब मर्मत सम्भार गर्न बजार व्यवस्थापन समितिद्धारा ज्ञापन पत्र

दोधारा 

महाकाली झोलुङ्गे पुल मर्मत संभार गर्न माँग राख्दै झोलुङ्गे पुल बजार ब्यव्सथापन समिति माहाकालीले ज्ञापन पत्र बुझाएको थछ् । एसियाकै दोस्रो लामो, नेपालको महत्त्वपूर्ण पर्यटकीय स्थलहरु मध्यको एक तथा माहाकाली नगरपालिकाको मेरुदण्डको रुपमा रहेको झोलुङ्गे पुलको अवस्था दिनदिनै जिर्ण हुदै गएको भन्दै त्यसबाट विभिन्न दुर्घटना निम्तिने मात्र नभै अबिलम्ब त्यसलाई मर्मत सम्भार नगरिए पुलनै धारासायी हुने अवस्थामालाई मध्यनजर गर्दै झोलुङ्गे पुल बजार ब्यवस्थापन समितिले यथासिघ्र पुलको मर्मत सम्भार गरियोस् भन्ने माँग राख्दै सुक्रवार महाकाली नगरका वार्ड अध्यक्ष भक्त बहादुर सुनारलाई पुलमै बोलाएर ज्ञापन पत्र बुझाएका छन् । केही महिना अघि मात्रै निमार्ण गरिएको महाकाली झालुङ्गे पुल फेरी मर्मत सम्भारको चरणमा पुगेको बताउदै पुललाई चाडै मर्मत नगरे माहाकाली नगरपालिका क्षेत्रका स्थानियहरु ठुलो मारमा पर्ने स्थानियहरुले बताएका छन् ।

झोलुङ्गे पुल बजार व्यवस्थापन समितिका उपाध्यक्ष विराट भट्टले पुलको अवस्था निकै दैनिय हुन थालेको कारण सम्बन्धीत सरोकारवालालाई अनुरोध गर्न थालेको बताएका छन् । महाकाली झोलुङ्गेृ पुलले माहाकाली नगरपालिकालाई नेपाल संग जोडेको बताउदै पुललाई स्थानिय सरकार, प्रदेस सरकार तथा संघिय सरकारले रेखदेख संगै मर्मत सम्भार गर्नु जरुरी बताएका छन् । महाकाली झोलुङ्गे पुलको विषयमा आफुहरु गम्भीर ध्यानाकर्षण भएको बताउदै तत्कालै समस्याको समाधानको बाटो निकाल्ने आश्वासन दिएका छन् । ‘जनप्रतिनिधि गैर जिम्मेवार भएकाले जनताले यसरी दुख पाउनु परेको छ । नगरका जनताले पुल टेक्स तिर्दै आएका छन् । सरकारले कर मात्र उठाउने तर मर्मत सम्भार गर्नको लागि जनताहरुले सधै आन्दोलननै गर्नु पर्ने अवस्था छ्’ महाकाली झोलुङ्गे पुल बजार व्यवस्थापन समितिका उपाध्यक्ष विराट भट्टले भने–‘पुल मर्मत सम्भार नभएको कारण आन्दोलन गरौंला सोचेका थियौ, तर वडा अध्यक्ष ज्युले सकारात्मक कुरा गरेकोले तत्कालका लागी हामीले आन्दोलन स्थगित गरेका छौं ।’

‘पुल जिर्णको बिषय प्रती गम्भीर छौ र अहिलेको लागी हामीले इन्जिनियरलाई बोलाएर अहिलेको समस्या यथासिघ्र टार्ने र यसका फाटकहरु (ढोकाहरु) पनि हाल्नु पर्ने भएकोले त्यसको लामी हामीले बुटवल लगायतका ठाउबाट मगाउनु परेको छ्’ माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले भने– ‘पुलको सामाग्री नजिकमा नपाईने भएकोले पनि अलि ढिलो भएको तर समानको लागी हामीले पहल गरिसकेका छौं ।’ पुल जिर्ण भएपछि पुलमा आवात जावत गर्ने र पर्यटकहरुलाई निकै समस्या परेको छ् । पुलमा रहेका प्लेट टुटेका छन भने नटबोल्ट खुस्कीन थालेका छन् । बिभिन्न स्थानमा प्लेट टुट्दा बेला बखत मोटरसाईकलहरु दुर्घटना पर्दै आएपनि पुलको मर्मत स्ंभारमा कसैको चाँसो नभएको स्थानियहरुको गुनासो रहदै आएको छ् ।

ताजा समाचार