डाक्टरले चन्दा उठाएर विरामीको उपचार

कञ्चनपुर
भीमदत्त ४ को अति विपन्न परिवारकी २१ बर्षीय गर्भवती हस्ता बादीलाई प्रविधिको अभावका कारण महाकाली अस्पतालमा उचार हुन नसकेपछि डाक्टरहरु र व्यवस्थापन समितिले चन्दा उठाएर थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको छ ।

 

भर्खरै मात्रै जुर्मुराउन लागेको अस्पतालमा स्त्री रोग विशेषज्ञ हुदाँ हुदै पनि विरामीको जटिल प्रकृतिको रोगका कारण प्रविधिको अभावमा उचार हुन नसक्दा सेती प्रादेशीक अस्पतालसँग समन्वय गरी उनको उपचारमा डाक्टरहरुले सहयोग समेत गरेका छन् । सुरुमा भाद्र २५ गते विहान पेटमा बच्चा भएको तर बच्चा नचलेको भन्दै उपचारका लागि आएकी वादी को अत्याधिक रक्तस्राव भईरहेको र अवस्था जटिल देखेपछि उनलाई तत्कालै रगत चढाएका थिए । स्त्री रोग विशेषज्ञ डाक्टर कविता शाहले उनको स्वास्थ्य अवस्था परीक्षण गर्दा संवेदनशील देखेपछि सेती अस्पतालमा छिटो भन्दा छिटो लैजान वादीको कुरुवालाई सुझाएका थिइन ।

एम्बुलेन्सको भाडा समेत तिर्न नसक्ने भन्दै दुुखेसो पोख्ने वित्तिकै निमित्त सुपेरेडेण्टन डा. हरिकुमार श्रेष्ठले त्यसै दिन वादीलाई एम्बुुलेन्सको व्यवस्था गरीकन सेती अस्पताल पठाईएको थियो । डा.शाहले भनिन् , ‘‘ गर्भ रहेको तर बच्चा पेटमा नचलेको भन्दै आउनु भएको हो’’ । उनकी सासुले तीन महिना अगाडी देखि नै अलि अलि रगत बगिरहने गरेको बताएपछि तुरुन्तै सेती पठाईएको हो । सेती अस्पतालमा पाँच, छ दिन बस्नुपर्ने तथा विभिन्न चेकजाँच गर्नुपर्ने भने सँगै विरामीका आफ्न्तले पैसा तिर्न नसक्ने भन्दै उनलाई त्यसैदिन राती महाकाली इमेरजेन्सीमा आएकी थिईन् तर डाक्टरहरुले उपचार नगर्न सकिने हुदाँ अन्यत्र लैजान सुझाए पनि आफ्नो आर्थिक अवस्था देखाउदै अन्य ठाउँ लिन नसक्ने र बढी रक्तस्राव हुदाँ घर लैजादाँ पनि उच्च जोखिम हुने हुदाँ परिवारजनको विशेष आग्रहमा उनलाई एक रात आकस्मीक कक्षमा डाक्टरको निगरानीमा राखिएको थियो ।

अस्पताल व्यवस्थापन समीति सदस्य औशिल्या ओझाले उक्त घटनाले महाकाली अस्पतालको व्यवस्थापकीय पाटोको सुधार मात्र नभएर यहाँ कार्यरत डाक्टरहरु परोपकारी भावना भएको देखिएकोले छिट्टै सबै किसिमका सेवासुविधा पाउन सकिने वताईन् ।
सुधारोन्मुख अस्पतालमा सेवासुविधा द्रुत गतिमा सुधार हुदै गएको छ भने अस्पतालको मुहार फेरिने अपेक्षा समेत गरिएको छ ।

ताजा समाचार