सभिल प्रहरी टोली र ईप्रका बेलौरीको संयुक्त प्रहरी टोलीद्वारा ब्राउन सुगर सहित तीन पक्राउ

लाल बहादुर एस.के./बेलौरी

बेलौरी प्रहरीद्वारा एकैदिनमा फरक फरक समय र स्थानबाट ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार मध्यराति बेलौरी नगरपालिका–४ शान्तिपुरबाट दुई जना र बिहिबार दिउँसो मध्याह्नतिर लालझाडी गाउँपालिका–६ चान्देवबाट एक जना गरी तीन जनालाई जिल्ला ्रप्रहरीले पक्राउ गरेको हो । विशेष खबरका आधारमा बुधवार राती करिब १२ बजेको समयमा यु.पि. ३१ ए.जेट.३८१९ नम्बरको मोटरसाइकलमा सवार भइरहेको अवस्थामा दुई जना पक्राउ परेका थिए भने बिहीवार दिउँसो करिब बाह्र बजेको समयमा से.१प.६६६९ नम्बरको मोटरसाइकल सहित एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–४ का ३० वर्षीय शेरबहादुर चन्द, सोही ठाउँका अर्का ३४ वर्षीय मनोज बिष्ट र बेल्डाडी गाउँपालिका–३, बैवाह घर भएका ४५ वर्षिय हरिप्रसाद चौधरी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।प्रहरी निरिक्षक चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटी आएको सिभिल प्रहरी टोली र ईप्रका बेलौरीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी चेकजाँच गर्दा मोटरसाइकलको लेगगार्डमा राखेको हेल्मेट भित्र लुकाएको अवस्थामा १९ ग्राम २६ मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) बरामद गरिएको र त्यस्तै पक्राउ परेका अर्का चौधरीबाट ७ ग्राम २१ मिलिग्राम ब्राउन सुगर बरामद गरेको बताए ।

पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई आज नै जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट म्याद थप गरी लागुऔषध सम्बन्धि मुद्दा दर्ता गरिने प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।
प्रहरीको सकृयतामा लागुऔषध कारोबारीहरु पक्राउ परेपनि सन्तोषजनक तरिकाले रोकथाम हुननसकेको स्थानीयले गुनासो गरेका छन् । पछिल्लो समय बेलौरी, पुनर्वास र बेलडाँडीको खुल्ला नाकाबाट भइरहेको लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न प्रहरीले सशक्त कदम उठाउँनु पर्ने स्थानीयहरुले माग गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds