स्थानीयद्वारा सडक निर्माण

कञ्चनपुरको उत्तरी भेग भम्केनी धाम क्षेत्र जोड्नका लागि स्थानीयले सडक निर्माण गरेका छन् । भीमदत्त नगरपालिका ८ तिलाचौरका स्थानीय तुल ब. थापा, जय ब. राना, हर्क धामी लगायतको नेतृत्वमा सडक निर्माण गरिएको हो ।
स्थानीय युवा एव राप्रपा युवक संगठनका कञ्चनपुरका अध्यक्ष तुल ब. थापाले धार्मिक क्षेत्र जानका लागि भक्तजनको सहजताका लागि सडक निर्माण गरिएको बताए । ‘हामी गाउँले मिलेर एक किलोमिटर जति पैदलमार्ग निर्माण गरेका हौँ, ‘उनले भने, ‘यो हाम्रो समाजिक कार्य हो ।’

ताजा समाचार

This will close in 10 seconds