दोधाराको एक पसलमा अज्ञात समुहरुद्धारा चोरी र आगजनी

दोधारा

माहाकाली नगरपालिकामा एक पसलमा चोरी भएको छ् । आज बिहान माहाकाली नगरपालिका वडा नं. ७ चक्की बजार नजिक रहेको एक खोकामा चोरले ताला तोडेर रु. २ हजार र किराना पसलका समान चोरी भएको हो । चक्की बजार नजिक रहेको परमानन्द पन्तको खोकामा बिहान ४ बजे ताला तोडरनगद रु. २ हजार र किराना पसलका समान चोरेको स्थानियहरुले बताएका छन् ।

परमानन्दको पसल तोडेर चोरी भएपछि नकिज रहेको चाउमिन कच्ची पसलमा आगजनी पनि गरेको थिए । चाउमिन पसल भित्र सुतेका गगन थापा र उनका दाई धिरु थापा आगजनीबाट जोगिएका छन् । अज्ञात सम्ु्हहरुले परमानन्दको खोका तोडर चोरी गर्नुको साथै गगन थापाको चाउमिन पसलमा आगजनी गरेको बताईएको छ् । आज बिहान प्रहरी घट्नास्थलमा पुगेको थियो । खोकामा ताला तोडेर चोरी गर्ने र चाउमिन पसलमा आगजनी गर्नेलाई प्रहरीले खोजी कार्य गरिरहेको बताईएको छ् । रातीको समयमा मदिरा सेवन गरि हिड्ने युवाहरुले चोरी र आगजनी गरेको स्थानियहरुको भनाई रहेको छ् ।

ताजा समाचार