माछा मार्ने क्रममा दोदामा डुबेर बालिकाको मृत्यु

लाल एसके/पुनर्वास

एक साता अघि माछा मार्ने क्रममा दोधामा दुई बालिकाको मृत्यु भएको दोस्रो सातामै अर्की बालिकाको पनि मृत्यु भएको छ । बुधबार दिउँसो दोदा नदीमा माछा मार्ने क्रममा १२ बर्षिया बालिका सन्ध्या चौधरीको मुत्यु भएको प्रहरीले जनाएको छ ।

ईप्रका त्रिभुवनबस्तीका इन्चार्ज वकिल बहादुर सिहले पुनर्वास नपा ५शिमरीकी सन्ध्या चौधरीको मुत्यु भएको बताए । नदीमा डुबेर बेहोस भएकी सन्ध्याको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । शव सेतीमा राखिएको छ । मृतक बालिकाको परिवार शोकमा डुबेको छ ।

ताजा समाचार