पुनर्वास नगरपालिका ९ नम्बर वडाको आफ्नै भवन बन्दै

 लाल ब. एसके/पुनर्वास

कञ्चनपुरको पुनर्वास नगरपालिका ९ नम्बर वडा कार्यालयको आफ्नै भवन निर्माण हुने भएको छ । भारतसंग सीमा जोडिएको ऐतिहासिक महत्व राख्ने उक्त वडाको आफ्नै भवन ख गाँउ विचफाँटामा निर्माण हुने भएको हो । बुधबार एक कार्यक्रमका विच पुनर्वास नगरका मेयर जिवनराज थापाले नवनिर्मत भवनको शिलान्याय गर्दै सबै वडा भवनयुक्त बनाईने घोषणा गरे ।

पुनर्वास नगरपालिका ९का वडाध्यक्ष नारायण जैसीले भवन निर्माण संगै दैनिक कार्य संचालनमा सहज हुने बताए । ‘हामीसंग आफ्नै भवन छैन, ‘अध्यक्ष जैसीले भने, ‘अर्काको भवनमा बस्दै आएका थिए, अब आफ्नै बनेपछि सहज हुन्छ ।’ अध्यक्ष जैसीका अनुसार प्रदेश सभा सदस्य तारालामा तामाङ्गको पहलमा ३०लाख प्रदेश सरकारबाट पाईएको छ । रश्मी विल्र्डस प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । कुल १ करोड ३२ लाख जति बजेट भएपनि कम्पनीले ८९ लाख ५२ हजारमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । ०७८ असार १५भित्रै भवन निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । आफ्नै भवन निर्माण संगै स्थानीय समेत हर्षित भएका छन् ।

ताजा समाचार

This will close in 10 seconds