कञ्चनपुर
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराको पहलमा उद्योगी पिताम्बर जोशीले महेन्द्रगनरको आँखा अस्पतालमा सेनिटाईजर मेसिन दिएका छन् । विपी कोईरालाको १०७औँ जन्मजयन्तीका अवसरमा काँग्रेस सभापति बोहराको पहलमा कञ्चनपुृर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका जोशीले अटोमेटिक हेण्डसेनिटाईजर मेसिन दिएक हुन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
आँखा अस्पतालमा हातधुने समस्यादेखेपछि काँग्रेस सभापति बोहराले सेफ सेनिटाईजरका उत्पादक समेत रहेका उद्योगी जोशीसंग आग्रह गरेर मेसिन जडान गरिएको हो । उद्योगी जोशी, काँग्रेस सभापति बोहरा सहितले आँखा अस्पतालका नेत्र अधिकृत बीरसिह धामीलाई मेसिन हस्तान्तरण गरेका छन् । काँग्रेस सभापति बोहराले बिरामीको समस्या मध्य नजर गर्दै जननेता विपीको जन्मयजन्तीकै दिन हस्तान्तरण गर्न लगाएको बताए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
सभापति बोहराका अनुसार विपिको शालिकमा माल्र्यापण समेत गरिएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीले समाजिक कार्यका लागि मेसिन दिएको बताए । अस्पतालमा मेसिन जडानसंगै सहज हुने अस्पतालले जनाएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)