सुख्खा बन्दरगाहा निमार्णमा सबै एक जुट हुन जरुरी छ : सांसद पाल

दोधारा 

माहाकाली नगरपालिका क्षेत्रमा सुख्खा बन्दरगाहा निमार्णमा सबै एक जुट हुन जरुरी रहेको सांसद निरुदेबी पालले बताएका छन् । माहाकाली नगरपालिकामा सुख्खा बन्दरगाहा बन्ने पक्का भएको बताउदै सबैलाई यस कार्यमा एक जुट हुन जरुरी रहेको उनले बताएका छन् । माहाकाली नगरपालिकामा आज बिहान मात्रै पुगेका सांसद निरु देबी पालले माहाकाली नगरपालिका वडा नं. ७ कञ्चनभोजमा रहेको सुख्खा बन्दरगाहा संघर्ष समिति संगको भेटमा यस्तो बताएका हुन् ।

अब भारतले यता बनाउछ, उता बनाउछ भन्नको पछाडी भ्रममा नपरेर कञ्चनभोजमा दुई देशको बिच सम्झौता भईसकेको बताउदै कञ्चनभोज क्षेत्रमा सुख्खा बन्दरगाहा बन्ने लगभग पक्का भएको मन्त्रालयबाट आफुले खबर पाएको बताएका छन् । प्राबिधिकहरुले समेत कञ्चनभोज क्षेत्रमा ७८ बिघाह जग्गा रहेको मन्त्रालयमा प्रतिबेदन दिएको भन्दै कसैलाई बिस्तापित गरि जनतालाई मर्कामा पार्ने सरकारको उद्धेश्य नभएको प्रष्ट्याउदै सुख्खा बन्दरगाहाले यस क्षेत्रको मात्रै शुदुरपश्चिमको कायापलट हुने पक्का रहेको बिश्वस्त रहन सबैलाई आग्रह गरेका छन् । स्थानियहरुको सहमती र सहकार्यमा बस्तीलाई कुन स्थानमा लगेर स्थापित गर्ने, क्षतीपुर्ती कती दिने भन्ने निक्र्योल गरिने बताउदै आफु नेकपाको मात्रै सांसद नभएर नेपाली काग्रेंस, राप्रपाको पनि सांसद रहेको बताएका छन् ।

अब हामीले यस बेला कुनै पार्टी नभनि बिकास बादी पार्टी हुनु पर्ने बताउदै बिकासको कार्यमा आफु लागी परेको बताए । सुख्खा बन्दरगाहा निमार्ण गर्न ३ सय बिघाह ४ बिघाह जग्गा चाहिन्छ भन्ने हल्ला रहेको भन्दै अहिले मन्त्रालयले त्यस्तको बारेमा बिचारनै नगरेको भन्दै सांसद निरु देबी पालले दोधारामा निमार्णको तयारीमा रहेको सुख्खा बन्दर गाहा देशकै मुहार फेर्ने योजना रहेको बताएका छन् । ‘बिकासको कुरा गर्नु पर्दा सुख्खा बन्दरगाहाको लागी जुन काम अघि बढिरहेको छ्, यो देशकै मुहार फेर्ने योजना हो’ सांसद निरुपालले भने । ‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाहा निमार्ण गरि समृद्ध नेपाल बनाउने हाम्रो प्रमुख एजेन्डा हो’, उनले भने, ‘जनताको यो सपना पूरा गर्न फेरि जिम्मेवारी दिएको छ् ।’ यस्तै सांसद मान बहादुर सुनारले सुख्खा बन्दरगाहा निमार्णमा कहि कतैबाट अबरोध नभएको बताउदै बिकास निमार्णमा सबैको एक्कबद्धता रहेको बताएका छन् । केही गलत हल्लाको भरमा जनता भ्रमित भएको बताएका छन् ।

अब जनताले सबै बुझेका छन् कहिले सुख्खा बन्दरगाहा बन्ने हो ? भन्ने आफुलाई प्रश्न गर्दै आएको सांसद मान बहादुर सुनारले बताउदै बर्तमान सरकार जनताको हितको पक्षमा रहेको र चाडै सुख्खा बन्दरगाहाको काम अघि बढ्ने बताएका छन् । नेपालको समृद्धि र विकासको ढोका खुल्ने पश्चिमी नाका अब नेपालकै सबै भन्दा ठूलो नाकाका रुपमा विस्तार हुने बताईएको छ् । सुख्खा बन्दरगाहाले नेपालकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने कार्यक्रममा बताईएको छ् । भारतको राजधानी संग सबै भन्दा छोटो दुरीमा रहने दोधारा चाँदनीमा सुख्खा बन्दरगाहाले मुलुककै महत्वपूर्ण नाकाका रुपमा विस्तार हुने कार्यक्रममा बिश्वास गरिएको छ् । सरकारले २०६६ मा घोषणा गरेको सुख्खा बन्दरगाह स्थलमा केही महिना अघि मन्त्री लेखराज भट्ट सहितले स्थानीयलाई उचित मुआब्जा दिएर व्यवस्थापन गरिने प्रतिवद्धता गर्दै आएका थिए ।

कार्यक्रममा नेकपाका नेताहरु भरत भट्ट, भिम कुमाल, इन्द्र बहादुर रावत, गगन खत्री, किशोर कुमार लिम्बू, भीम कुमाल, टंकलाल जैशीको उपस्थिती रहेको थियो भने जनप्रतिनिधीमा माहाकाली नगरपालिकाका उप मेयर चिनी गिरी सहित वडा अध्यक्षहरु नर बहादुर सुनार, ओम प्रकाश रोकाया, ऋषिराम थापा, ज्ञानेन्द्र बहेक क्षेत्री लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम संच्ाँलन नेकपा माहाकालीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले संचालन गरेका थिए । कार्यक्रम सनराईज बोर्डिङ्ग स्कुलको एक कक्षामा संचालन गरिएको थियो ।

 

ताजा समाचार