संक्रमित श्रीमतीलाई भेट्न जाँदा श्रीमान सहित तीन जनालाई कोरोना

कञ्चनपुर 
कोरोना संक्रमित श्रीमतीलाई भेट्न जाँदा श्रीमान सहित एकै घरका थप तीन जनामा कोरोना देखिएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ घर भएकी २२ बर्षिया कैलालीमा कार्यरत स्वास्थ्यकर्मी महिलालाई कोरोना देखिएको थियो । दुई साता अघि ति स्वास्थ्यकर्मी महिलालाई कोरोना देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेशनमा उपचारार्थ राखिएको थियो । भदौँ दोस्रो साता संक्रमित श्रीमती भेटन गएका श्रीमान सहित घरका तीन सदस्य कोरोना संक्रमित भएका छन् ।

‘संक्रमित स्वास्थ्यकर्मीलाई भेटन गएका श्रीमान सहित तीन जनाको स्वाब संकलन गरिएको थियो, ‘शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले भने, ‘संक्रमित स्वास्थ्यकर्मीका तीनै जनालाई कोरोना देखियो ।’ २२ बर्षिया स्वास्थ्यकर्मी महिलाका २६ बर्षिया श्रीमान, ५० बर्षिया जेठी सासु र ८२ बर्षिया बज्यैँसासुलाई संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए ।

संक्रमित परिवारका अन्य सदस्यलाई कोरोना देखिएको छैन् । उनीहरुको आईसोलेशनमा उपचार भईरहेको छ । यसैविच नेपाली काँग्रेस कञ्चनपुरका सह सचिव लेखराज जोशीलाई पनि कोरोना देखिएको छ । एक साता अघि काँग्रेस कञ्चनपुरका पुर्व सहसचिव मिन बहादुर सिहको सम्र्पकमा आएका निर्वतमान सहसचिव जोशीलाई पनि कोरोना देखिएको । सिहको सम्पर्कमा आएका केही काँग्रेस कार्यकर्तलाई भने कोरोना नेगेटिभ आएको छ ।

ताजा समाचार

This will close in 10 seconds