सार्कले ग¥यो ओपन बुक परीक्षा सम्पन्न

कंचनपुर
लामो समयदेखि कोरोनाको विश्वीव्यापी महामारीका कारण शैक्षिक संघ संस्थाहरुले वैकल्पिक शिक्षा प्रणाली अन्तर्गत शिक्षण सिकाइ तथा मूल्यांकन गर्ने गरिरहेकै सन्दर्भमा कंचनपुरको सार्क स्कुलले अनलाईन माध्यमबाटै परीक्षा सम्पन्न गरेको छ । अनलाइन कक्षा नर्सरीदेखि दश कक्षासम्म संचालन रहेको सार्कले ओपन बुक परीक्षा सम्पन्न गरेको हो ।
विद्यार्थीहरुको शैक्षिक अवस्थालाई टेवा पुयाउन उद्यत सार्क स्कुलद्रारा ओपन बुक परीक्षा गरिएको विद्यालयका प्रधानाध्यापक सुर्य घिमिरेले वताएका छन् ।

कोरोना संक्रमणले लकडाउन हुदाँ भौतिक रुपमा शिक्षक र विद्यार्थीको उपस्थिति सम्भव नभएको र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिईएको हो । ओपन बुक परीक्षाले विद्यार्थीहरुमा कसरी परीक्षालाई मर्यादित र मूल्याक्नका क्षेत्रहरुलाई समेटछ भन्ने प्रश्नमा उत्तर दिदै यस किसिमका परीक्षा यूरोपिएन देशहरुमा अपनाइको र नेपालमा पहिलो पटक सार्क किद्यालयले प्रयोगमा ल्याएको दावी उनले गरे । परीक्षामा सोधिने प्रश्नहरु मौलिक, रचनात्मक र खोज र अनुसन्धानात्मक भएकोले विद्यार्थीहरुको सिकाइ प्रगतिको लेखाजोखा उचित रुपमा भएको उनको भनाई रहेको छ । प्रोजेक्ट वर्क घरमै वसेर र भाईभा अनलाईनवाट हुनुका साथै एनिडेक्टल रिकर्ड पनि प्रत्येक विद्यार्थीको राख्ने विद्यालयले जनाएको छ । खुल्ला परीक्षामा विद्यार्थीहरुको सहभागिता झण्डै ८० प्रतिशत, १५ प्रतिशतलाई ईमेल र मेसेन्जरबाट प्रश्नपत्र पठाइएकोे र सोही अनुसार विद्यार्थीहरुले उत्तर लेखी पठाएको वताईएको छ । ईन्टरनेटको पहुँच भन्दा बाहिर भएकालाई पत्राचार या अन्य बैकल्पिक माध्यमवाट परीक्षा लिईने भएको छ ।

सार्कको आफ्नो छुट्टै एप्सवाट पठनपाठन भइरहेको र त्यसमा गृहकार्य अपलोड गर्न मिल्नुका साथै गृहकार्य स्वतः आफै एप्समा जाच हुनेछ ।माथिल्लो तहका विद्यार्थीहरु पावर प्वाईन्ट बनाउन र आधुनिक टेक्नोलोजीको प्रयोगमा विद्यार्थीहरु सवल देखिएको जानकारी विद्यालयले दिएको छ। सार्कले नगरपालिका, सरकारी र प्राइभेट विद्यालयहरुले अनलाईन कक्षा तथा अपन कलास र ओपन बुक परीक्षा चलाउन इच्छुक भएमा त्यस सम्बन्धी तालिम उपलब्ध गराउन सकिने जानकारी समेत दिएकाछन् ।

ताजा समाचार

This will close in 10 seconds