कंचनपुरकाे बेलाैरिमा हतियार सहित एक जना पक्राउ –

कंचनपुर

कञ्चनपुरकाे बेलौरीमा कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् । सोमबार बिहान ११ बजेतिर बेलौरी नगरपालिका- १० भुडाकाे सिमावर्ती क्षेत्रबाट सोही स्थानका २४ बर्षिय खुसीराम चौधरीे पक्राउ परेको सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र भट्टले जनाए । चौधरीको साथबाट एकनाल कटुवा पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली समेत बरामद गरिएको सहायक निरीक्षक भट्टले बताए ।

सशस्त्र प्रहरी बेश क्याम्प भुडाका सहायक प्रहरी निरीक्षक भट्टको कमान्डमा खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको होे । यसरी सिमा क्षेत्रहरूमा अबैध काराेबार गर्नेकाे विगविगीमा बृद्वी समेत भईरहेकाे स्थानीयहरूकाे भनाई रहेकाे छ । पछिल्लाे समयमा जिल्लाकाे दक्षिणी भेगका खुला सिमा नाकाहरूमा हतियार सहित तस्करी बढिरहेकाे पाईएकाे छ । यसरी हतियार सहित पक्राउ परेकाे एक उदारहण मात्र भएकाे स्थानियहरूकाे भनाई छ ।

ताजा समाचार

This will close in 10 seconds