तलब दिलाउने मेयरको प्रतिबद्धता पछि कृष्णपुर शिक्षा शाखाको ताला खुल्यो

कृष्णपुर

निजी विद्यालयबाट तलब दिलाउने कृष्णपुरका मेयर कर्ण हमालले प्रतिबद्धता जाहेर गरेपछि शिक्षा शाखामा लगाएको ताला खोलिएको छ । निजी विद्यालयमा कार्यरत शिक्षक संगठन संस्थागत विद्यालय शिक्षक यूनियन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष माधवराज पन्तले तलब दिलाउन पहल नगरेपछि शिक्षा शाखामा तालाबन्दी गरिएको बताए । उनका अनुसार मेयर हमालले तीन दिन भित्र तलब दिलाउनका लागि पहल थाल्ने प्रतिबता जाहेर गरेपछि केही समयमै तालाबन्दी खोलिएको बताए ।

ताजा समाचार

This will close in 10 seconds