नदीमा बेपत्ता दोधाराका प्रिन्सको शव ५ दिन पछि फेला

दोधारा 
बिहिवार महाकाली नदीमा बेपत्ता भएका माहाकाली नगरपालिकाका प्रिन्स सुनारको शव फेला परेको छ् । माहाकाली नगरपालिका वडा नं. ९ निवासी १८ वर्षिय प्रिन्स सुनारको ५ दिन अघि नदीमा नुहाउने क्रममा बेपत्ता परेका हुन् । उनको शव आज फेला परेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका   छन् । नदीमा डुबेको केही नजिक नदीमा उनको शव फेला परेको बताईएको छ् ।
बेपत्ता भएका प्रिन्सको खोजीको लागी नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र स्थानियहरुले खोजी कार्य जारी राखेका थिए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले मृतक परिवारका परिवारजनले शवको सखानत गरेको बताएका छन् । नदीमा साथीहरु संग नुहाउन गएका प्रिन्स नदीमा डुबेर वेपत्ता भएका थिए ।

ताजा समाचार

This will close in 10 seconds