कुटानीपिसानीका उद्योगीले मुल्य बृद्धि गरेको भन्दै घटाउन नगरपालिकालाई ज्ञापन पत्र

 प्रेम रावल / बेदकोट

बेदकोट नगरपालिका क्षेत्रका कुटानीपिसानी उद्योगीले आफुखुसी मुल्य बृद्धि गरेको भन्दै घटाउन नगरपालिकालाई स्थानीयले ज्ञापन पत्र बुझाएका छन् । कोडिभ १९ महामारीकै विचमा कुटानीपिसानी उद्योगीले आफुखुसी मुल्य बृद्धि गरेर जनताको ढाडसेक्ने काम गरेको बिरोधमा स्थानीयले बेदकोट नगरपालिका सहित विभिन्न संघ संस्थामा ज्ञापन पत्र बुझाएका हुन् । स्थानीय एव कञ्चनपुरका विद्यार्थी नेता दल बहदुर धामी(अबिरल)ले महामारीका बेला बेदकोट क्षेत्रका खाद्य कुटानीपिसानी उद्योगीले आफुखुसी मुल्य बृद्धि गरेर किसानलाई मारमा पारेको बताए ।

उनका अनुसार नगर प्रमुख अशोक कुमार चन्द, १ नम्बर वडाध्यक्ष हरि गिरी, गणेश ग्रामिण विद्युत सहकारी संस्था लगायतका सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएको बताए । ‘विद्युतबाट छुट पाएर पनि जनता बिरुद्ध मिलहरु लागेका छन, ‘उनले भने, ‘महामारीका बेला छुट गर्नुको साटो जनताको टाउकोमा ३३ प्रतिशत कुटानीपिसानी बृद्धि गरेका छन् ।’ जनताको आधारभूत विषयमा मनपरी ढङगबाट मुल्य बृद्धि हुँदा समेत सरोकारवाला निकाय मौन बसेको भन्दै स्थानीय मृल्य बृद्धि बिरुद्धमा आक्र्रोसित भएका छन् ।

बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले यस विषयमा सरोकारवाला पक्षसंग छलफल गरिने निर्देशन दिएका छन् । बृद्धि गरिएको मुल्य फिर्ता नभए आन्दोलन गर्ने स्थानीयको चेतावनी छ । नागरिक समाज एव आम उपभोक्ताका तर्फबाट खडक बहादुर बोहरा, दल ब. धामी, हरिलाल बोहरा, धने धामी, पदम बोहराले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सिण्डिगेटका आधारमा मुल्य बृद्धि फिर्ताको माग अघि सारेका छन् ।

ताजा समाचार

This will close in 10 seconds