युवाहरुलाई फेसबुकमा जोड्दै डिसी युथ नेटवर्क सामाजिक कार्यमा

दोधारा 

डिसी युथ नेटवर्क र स्थानिय युवाहरुले माहाकालीमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । डिसी युथ नेटवर्क माहाकालीले सामाजिक संजाल (फेसबुक) मार्फत स्थानिय युवाहरुलाई सरसफाई कार्यक्रममा एकबद्ध हुन आग्रह गरेपछि आज बिहान युवाहरु माहाकाली नगरपालिका वडा नं. ६ शान्ती टोलको मुल बाटोमा सरसफाई गरेका हुन् । डिसी युथ नेटवर्कको आह्वानमा स्थानियहरु स्फुर्तरुपमा आ–आफ्नो घरबाट सरसफाई गर्ने औजार लिएर पुगेका थिए । डिसी युथ नेटवर्कका सचिव बिनोद चौधरीका अनुसार स्थानिय युवाहरुले सरसफाईमा निकै सहयोग गरेको बताएका छन् । आफ्नो गाउ आफै बनाउ भन्ने उद्धेश्यले उनिहरुलाई एकत्रित गरि सरसफाई कार्यक्रम अघि बढाईएको उनले बताए । बाटो क्षेत्रमा घना रुखहरु तथा झारहरुले बाटोमा हिड्न असहज संग दुर्घटना बढ्ने सम्भावनालाई मध्यनजर राख्दै डिसी युथ नेटवर्क र स्थानिय युवाहरुले सरसफाई गरि बाटो सफा गर्ने काम गरेका हुन् ।

युवाहरुले आगामी दिनहरुमा पनि डिसी युथ नेटवर्क संग समन्वय गरि बिभिन्न सामाजिक कार्यमा सहयोगी बन्ने प्रतिबद्धता जाहेर गरेका छन् । डिसी युथ नेटवर्क र स्थानिय युवाहरुले झण्डै १ किलोमिटर सडक छेयछाउ नजिक रहेका रुख तथा झाँडी काट्ने तथा सफ ागर्ने काम गरेका डिसी युथ नेटवर्क र स्थानिय युवाहरुले बताएका छन् । सडकमा बिभिन्न जातका रुखको कारण सवारी साधन संचालनमा दुर्घटना बढ्ने सम्भावना रहेको भन्दै युवा तथा डिसी युथ नेटवर्कका पदाधिकारीहरु सरसफाई कार्यक्रम संचालन गरेको डिसी युथ नेटवर्कका सदस्य लक्ष्मी चन्दले बताएका छन् । समाज परिवर्तनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने क्रममा सरसफाई कार्यक्रमको आयोजना गरिएको युवाहरुले बताए । उनले आगामी दिनमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताए । युवाहरु स्फुर्तरुपमा सामाजिक कार्य गरेको देखेर स्थानियहरु हर्षित भएका छन् । कार्यक्रममा डिसी युथ नेटवर्क र स्थानिय युवाहरु गरि झण्डै ५० जनाको उपस्थिती रहेको थियो । ‘डिसी युथ नेटवर्क तथा स्थानिय युवाहरुको सक्रियतामा भएको सरसफाई निकै समाजलाई निकै सकारात्मक सन्देश प्रवाह गर्ने कार्यक्रम रहेको छ्’ कुमार शाहीले बताए ।

‘टोललाई सफा राख्न युवाहरुले गरेको प्रयास उदाहरणीय छ’ स्थानिय युवा कुमार शाहीले भने । हातमा हसिँया र कुटो लिएर निस्कीएका युवाहरुले बाटो सफा गर्दै गर्दा स्थानियहरुले प्रशंसा गरेका थिए । सरसफाई कार्यक्रमलाई स्थानिय युवा कुमार शाहीले सघाएको डिसी युथ नेटवर्कका संयोजक जिवन धामीले बताएका छन् । हालै स्थापना भएको डिसी युथ नेटवर्क माहाकालीले केही दिन अघि लकडाउनका कारण समस्यामा परेका माहाकाली नगरपालिकाका केही गरिब तथा अतिविपन्न परिवारलाई राहत बितरण समेत गरेको हो । डिसी युथ नेटवर्कले स्थानियबासी तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमाल संग सम्वन्य गरि राहत बितरण गरेको हो ।

ताजा समाचार