शिकारीले थापेको बम खादा गाईको मुख क्षतबिक्षत

दोधारा

राष्ट्रिय शुक्लाफाँटा वन्य जन्तु निकुञ्जमा शिकारीले थापेको बम खादा गाईको मुख क्षतबिक्षत भएको छ् । माहाकाली नगरपालिका–९ निवासी महेश जोशीको गाईले शिकारीले थापेको बम खादा गाईको मुख क्षतबिक्षत भएको स्थानियहरुले बताएका छन् । गाई चरिचरनको लागी राष्ट्रिय शुक्लाफाँटा वन्य जन्तु निकुञ्ज क्षेत्रमा गएको बेला बम बिष्पोट हुदा घाईते भएको स्थानियहरुले बताएका छन् ।

सुक्रवार बमले मुख क्षतबिक्षत भएपछि गाईले खान पनि नसकेको बताईएको छ् । बिगत लामो समय देखि राष्ट्रिय शुक्लाफाँटा वन्य जन्तु निकुञ्ज र आसपास क्षेत्रमा शिकारीहरुले थाप्दै आएको बमको कारण दोधारा क्षेत्रका दर्जनौं चौपाया मृत्यु तथा घाईते भएका छन् । लकडाउन मौका छोपी शिकारीहरुले राष्ट्रिय शुक्लाफाँटा वन्य जन्तु निकुञ्ज क्षेत्रमा वन्यजन्तुको शिकार गर्ने गरेको समाचार श्रोतको दाबी छ् ।

ताजा समाचार