नदीमा वेपत्ता भएका युवक खोजी कार्य जारी

दोधारा

महाकाली नदीमा नुहाउने क्रममा डुवेका युवकको खोजी कार्य आज पनि जारी राखेका छन् । गए बिहीवार साँझ महाकाली नदीमा नुहाउने क्रममा महाकाली नगरपालिका ९ का १८ बर्षिय प्रिन्स सुनार डुवेर बेपत्ता भएका हुन् । आज पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुले खोजी कार्य जारी राखेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण बहादुर बोहराले जानकारी दिएका छन् ।

बेपत्ता सुनारलाई खोज्नका शुक्रबार देखि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ् । सशस्त्र प्रहरी बल शैलेश्वरी नं. ३५ गण झलारीबाट सशस्त्र प्रहरी निरिक्षक शैलेन्द्र चैसिरको नेतृत्वमा १५ जनाको गोताखोर टोली बेपत्ता युवक खोज्नका लागि परिचालित भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ् । बिहीवार साँझ महाकाली नदीमा नुहाउने क्रममा महाकाली नगरपालिका ९ का १८ बर्षिय प्रिन्स डुवेर बेपत्ता भएका थिए । उनि साथीहरु संग नुहाउदा नदीमा डुबेको बताईएको छ् ।

ताजा समाचार

This will close in 10 seconds