दोधारा चाँदनीमा देखियो ७ जनामा ‘स्क्रब टाइफस’

दोधारा

माहाकाली नगरपालिकामा ७ जनामा स्क्रब टाइफसका विरामी भेटिएका छन् । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उच्च ज्वरो आएको विरामी मध्य केहीको रगत जाँचको क्रममा ७ जनामा स्क्रब टाइफस देखिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले जानकारी दिएका छन् ।

संक्रमण पछि टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी दुख्ने, पखाला लाग्ने लगायत लक्षण देखा पर्ने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले बताएका छन् । बिरामीहरुलाई उच्च ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशाला र बाहिरको प्रयोगशालामा बिरामीको रगत जाँचको क्रममा ११ जना मध्य ७ जनामा स्क्रब टाइफसका विरामी भेटिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले उच्च ज्वरोका मध्य ११ जना विरामीको रगतको नमूना संकलन गर्दा ७ जनामा स्क्रब टाइफस देखिएको बताए ।

स्वास्थ्य केन्द्रमा हाल सम्म उच्च ज्वरो भएका ५० भन्दा बढी विरामी उपचारका लागि पुगेका छन् । उनीहरु मध्ये ६ जनाको उच्च ज्वारेको कारण मृत्यु भईसकेको छ । माहाकाली नगरपालिका क्षेत्रमा उच्च ज्वरो आएर ६ जनाको मृत्यु भएपछि केही दिन अघि स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मी परिचालन टोलीले विरामी र मृत्यु भएका विरामीको आफन्तको रगतको नमूना जाँचका लागि संकलन गरेको थियो । जसको रिर्पोट भने आउन बाँकीनै छ् ।

स्वास्थ्य केन्द्रका डा. चौधरीले ६ जना मृत्यु भएकामा पनि स्क्रब टाइफस हुन सक्ने आंकलन गरेका छन् । माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस संक्रमण फैलिन्छ् । पछिल्लो समय जनस्वास्थ्यको मुख्य समस्या बनेको डेंगु र स्क्रब टाइफस नियन्त्रणका लागि सरकार उदासिन भएको आरोप लाग्दै आएको छ । हजारौं नागरिक यि रोगबाट संक्रमित भइसकेका पनि छन् । तर सरकारको भूमिका प्रभावकारी देखिएको छैन । ‘रोगका लक्षण देखिने बित्तिकै उपचार सुरु गर्नुपर्छ’, डा. गगन चौधरीले भने, ‘हेलचेक्र्याई गर्दा जटिलता हुन सक्छ ।

उपचारमा ढिलाइ गर्दा ज्यान समेत जान सक्छ ।’ जटिलता भएपछि मस्तिष्क, मिर्गौला र फोक्सोमा गम्भीर असरको सम्भावना रहने उनले बताए । यो रोगको संक्रमणबाट किसानहरु बढी पीडित भएको पाइएको छ् । माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस संक्रमण फैलिने गरेको छ । संक्रमण हुने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds