जनताको डाक्टर : डाक्टर गगन चौधरी

‘जनताको सेवालाई सर्वाेपरी ठान्ने डा. चौधरीको व्यवहार र काम अरुका लागी प्रेरणा वनेको नागरिक अगुवाहरु बताउछन् । महाकाली नदी पारी, नेपाल–भारत सिमा संग गा“सिएको तथा हरेक सेवा सुबिद्याबाट बन्चित रहेको माहाकाली नगरपालिका सरकारी स्वास्थ्य संस्थामा सेवा लिन आउनै नमान्ने अन्य डाक्टरहरुको लागी डा. गगन चौधरी गतिलो उदाहरण बनेका छन् । माहाकाली नगरपालिकाले उनलाई थोरै सेवा सुबिद्या दिएपनि डा. गगन चौधरीले कोभिड १९ बेला होस् वा अन्य बेला गरेको प्रशंसनीय कार्य जनताका लागी ठुलो खुसी भएको छ्’।

दोधारा
स्वास्थ्य सेवाको लागी विकट माहाकाली नगरपालिकाका जनताले प्यारो मानेका व्यक्ति हुन् प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी । कोभिड १९ को बेला जनताको स्वास्थ्यको लागी आफ्नो ज्यान जोखिममा राखी जनताको सेवामा कटिबद्ध रहदै आएका डाक्टर चौधरी माहाकाली नगरपालिकाबासीले खुबै रुचाएका डाक्टर हुन् ।

जब महामारीको ब्याप्त चहलपलह हुदै गर्दा तथा माहाकाली नगरपालिका नेपाल–भारत खुला सिमा क्षेत्रबाट कोरोना भाइरसको कारण रोजगारी गुमाएर घर फर्किदै गरेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा थेग्नै नसक्ने बिरामीको चा“पलाई डा. चौधरीले सहजतापुर्वक माहाकाली नगरपालिकाका स्थानियहरुको स्वास्थ्य समस्या हल गर्दै आएका हुन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारा स्थापना भएपछि सबै भन्दा लामो समय सम्म कार्यरत एक मात्रै डाक्टर, डा. गगन चौधरी हुन् । प्राथमिक स्वास्थ्य केन्द्रमा डा. चौधरी भन्दा पुर्व ६ वटा डाक्टर छोटो समयको लागी आए र गए । बिरामीको लागी लगनशिल भएर आफ्नो कार्यमा खटिदै आएका डा. चौधरी अहिले आएर जनातको प्यारो डाक्टर बनेका हुन् ।

डा. चौधरी भन्दा पहिले आएका सबै डाक्टर यस स्वास्थ्य केन्द्र बस्न नमानेका प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको अभिलेखले प्रष्ट्याएको छ् । रात दिन खटिदै आएका डा. चौधरीमा माहाकाली नगरबासीको उच्च सम्मान रहेको स्थानियहरुले बताउछन् । नेपाल सरकारबाट छात्रबृद्धि पाएर माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका डाक्टर चौधरीलाई स्थानिय सरकारले कार्य समय समाप्त भएपनि फिर्ता पठाउन चाहेन् । रोकरै राख्यो । माहाकाली नगरपालिकाको एक मात्रै स्वास्थ्य संस्थामा डा. चौधरीको आगमन पछि जनतामा स्वास्थ्य केन्द्र प्रतिको हेराईको द्धष्टिकोणमा निकै फरक आएको छ् । बिगतका दिनहरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्नुको साटो माहाकाली नगरपालिका स्थित रहेको बिभिन्न क्लिनिकहरु तथा अन्य स्थानमा उपचार गर्दै आएका स्थानियहरुले डा. चौधरीको दिदै आएको सेवामा प्रभावित भएर क्लिनिक तथा अन्य स्थानमा उपचार गर्नुको साटो प्राथमिक स्वास्थ्य केन्द्रमा धाउन थालेका छन् । बिगतका दिनहरुमा आउने बिरामीको संख्या भन्दा कयौं गुणा बिरामी बढेर गएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको तथ्यांकले जनाएको छ् ।

२०७४ बैशाख ११ गते नेपाल सरकारबाट छात्रबृद्धि पढेर माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उनि आएका हुन् । २ वर्षको आफ्नो कार्यकाल सक्कीएपछि माहाकाली नगरपालिकाले डाक्टर चौधरीको उच्च मुल्यांकन गर्दै स्थानिय तथा माहाकाली नगरपालिकाले रोकेको हो । माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष डा. चौधरीको लगनशिलता प्रती हामी प्रभावित भएका बताएका छन् । सामाजिक कार्यमा अच्चमै लगनशिल देखिदै आएका उनि बिरामीहरुका लागी बरदाननै साबित भएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । स्वास्थ्य केन्द्रमा डा. चौधरीको आगमन पछि माहाकाली नगरपालिका क्षेत्रको स्वास्थ्यमा नसोचेको परिवर्तन आएको छ् । उनी यस अवस्थामा यस क्षेत्रको लागी गहना भएका हुन् । भौगोलिक विकटता, अप्ठेरो वाटो, दुर्गम वस्ती कुनै पनि अभाव र कष्टको वास्ता नगरी सेवाको भावनाले रमाउदै आएका डा. गगन चौधरीलाई सम्मानको लायक रहेको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । ‘डाक्टर चौधरीजीले यस क्षेत्रमा आएर गरेको कार्यको हाम्रो लागी अतुलनिय सहयोग हो’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले भने ।

कोहि पनि डा. आउन तथा बस्न नमान्ने विकट माहाकाली नगरपालिकामा खुसी मनले यहा“ पुगेका डा. चौधरी स्थानीय जनताका लागी भगवान सरह भएका छन् । माहाकाली नगरपालिका वडा नं. ७ का स्थानिय खेम बहादुर थापाले कोभिड १९ को अवस्थामा डाक्टर होईन भगवान आएको वताउछन् । स्वास्थ्य केन्द्रमा उपचार गर्न दैनिक १ सय ५० देखी २ सयको हाराहारीमा बिरामी आउने गरेका छन् । अल्ट्रा सा“उण्ड, एक्सरे मसिन, रगत जा“च, अक्सीजन लगाएत उपकरण प्राथमिक स्वास्थ्य केन्द्रमा थपिएका छन् । ‘पहिले सामान्य बिरामी पर्दा टाढा जानु पथ्र्याे तर अहिले त सवै यतै वाट ठीक हुन्छ्’ उपचार गर्न स्वास्थ्य केन्द्र पुगेका माहाकाली नगरपालिका वडा नं. १० का १७ वर्षिय रमेश सुनार बताउछन् । अहिले त जति टाढावाट हिडेर पनि यहि आउन मन लाग्छ उनले भने । प्राथमिक स्वास्थ्य केन्द्र अहिले आएर सेवामा सुबिधा सम्पन्न अस्पताल संग टक्कर लिन सफल समेत भएका छन् । बिगतमा स्वास्थ्य केन्द्रमा डाक्टर बस्न नमान्ने भएको कारण अनमी र अहेवले चलाउदा सेवा सुविधाको हिसावले स्थानीयहरुनै प्राथमिक स्वास्थ्य केन्द्रमा आउनै नमान्ने र अहिले आएर प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले भने डा. गगन चौधरी जस्ता डाक्टर र भिडीओ एक्सरे, इसीजी, अक्सीजन, रगत तथा पिसाव जा“च गर्ने ल्यावको सुविधा, पोष्ट मार्टम लगाएतको सेवाको व्यवस्था पछि स्थानीयहरुले ठुलो राहतको अनुभुति गरेको स्थानियहरुको भनाई रहेको छ् ।

कुनै सार्वजनिक विदाको दिन समेत वास्ता नगरी कम सेवा सुबिद्यामा डा. चौधरी जनताको सेवामा सवै प्रकारका स्वास्थ्य सेवाहरु सुचारु गरेपछि अहिले प्राथमिक स्वास्थय केन्द्र दोधारामा सेवाग्राहीको भीड लाग्न थालेको स्थानिहरुको बताउछन् । झण्डै २८ वर्षका तन्नेरी अवस्थाका डाक्टर गगन चौधरी चौबिसै घण्टा जनताको सेवामा खटिदै आएका नेपाली काग्रेंसका बेल बहादुर रानाले बताएका छन् । ‘साह्ै पिडा भएको बिरामी पनि स्वास्थ्य केन्द्रमा आएर उपचार पछि खुशी हुदै डाक्टरलाई धन्यबाद दिदै गएको मैले देखेको छु’ बेल बहादुर रानाले भने– ‘माहाकाली नगरपालिका क्षेत्रको लागी डाक्टर गगन चौधरी गहना हुनुहुन्छ् ।’ माहाकाली नगरपालिकामा डाक्टर चौधरी आएपछि प्राथमिक स्वास्थ्य केन्द्रको अवस्थामा नसोचिएको परिवर्तन र सुधार आएको अर्का स्थानिय लक्ष्मी चन्दले बताईन् । जति वेला पनि विरामीको सेवाका लागी डा. चौधरी र स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा वस्ने गरेको र अहिले स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा आउदा सुबिद्या सम्पन्न अस्पताललाई नै भुल्ने गरेको उनले वताइन् । ‘पहिले पहिले त्यहा जानै मनै लाग्दैनथ्यो तर अहिले त जति वेला गएपनि गतिलो उपचार पाईन्छ ’ लक्ष्मी चन्दले भनिन् । पहिले प्राथमिक स्वास्थ्य केन्द्रमा आउदा उपचार र औषधी नपाइने गरेको तर अहिले भने डा. चौधरीको पहलमा निकै सुधार गरेको वताइन् । उनले डा. चौधरीकै कारण स्थानीयहरुलाई महेन्द्रनगर, नेपालगन्ज, धनगडीमा उपचार जान नपर्ने अवस्था आएको लक्ष्मीको भनाई छ् ।

स्वास्थ्य सेवाबाट बिन्चत हुदै आएको माहाकाली क्षेत्रमा जनताका लागी केहि काम गरेर देखाउनलाइ नै आफु आएको डा. चोधरीले वताए । ‘शहर र सुगमका जनताले त सजिलै सुविधा पाउछन् तर दुर्गम तथा स्वास्थ्य सेवाबाट टाढा रहेका जनतालाइ निकै समस्या छ त्यहि वुझेर म आएको हु’ डा. चौधरीले भने । जनताको सेवालाई सर्वाेपरी ठान्ने डा. चौधरीको व्यवहार र काम अरुका लागी प्रेरणा वनेको नागरिक अगुवाहरु बताउछन् । महाकाली नदी पारी, नेपाल–भारत सिमा संग गा“सिएको तथा हरेक सेवा सुबिद्याबाट बन्चित रहेको माहाकाली नगरपालिका सरकारी स्वास्थ्य संस्थामा सेवा लिन आउनै नमान्ने अन्य डाक्टरहरुको लागी डा. गगन चौधरी गतिलो उदाहरण बनेका छन् । माहाकाली नगरपालिकाले उनलाई थोरै सेवा सुबिद्या दिएपनि डा. गगन चौधरीले कोभिड १९ बेला होस् वा अन्य बेला गरेको प्रशंसनीय कार्य जनताका लागी ठुलो खुसी भएको छ् ।

 

 

ताजा समाचार