अनिदोमा बडवाल टोल

वर्षौ हात्ती आतंक हुने माहाकाली नगरपालिकाको बडवाल टोलमा लक्ष्मी राना क्षेत्रीले बसोबास गरेको झण्डै दशक भन्दा बढी भइसक्यो । हिउदे र बर्खे खेतीपातीको समयमा नजिकैको भारतिय जंगलबाट बस्ती आउने जंगली हात्तीबाट बचाउन हम्मे हम्मे परेको छ् । बिगत लामो समय देखि हात्ती व्यवस्थापनका निम्ती बडवाल टोलका स्थानियहरुले आवाज उठाईरहेको अवस्थामा अझै सम्म खासै पहल हुन सकेको छैन । ‘धेरै वर्ष देखि जंगली हात्तीले रातीको समयमा आएर बस्तीनै त्रसित गर्दै आउछ्’ लक्ष्मी राना क्षेत्रीले भने, ‘आज भोली सधै रातीको समयमा आएर अन्नबाली नष्ट गरेर दुःख दिने तथा बस्तीमा ज्यान जोगाउन हम्मे हम्मै पर्ने गर्छ ।’ माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलमा करिब ३ सय जति घरपरिवार रहेको जंगली हात्तीबाट आतंकित छ् । माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्र संग गा“सिएको बडवालबासी रातीको समयमा जाग्रम बस्ने गर्दछन् । दिनमै हात्ती कराउने गरेको समसा“झ हात्तीको बथान बस्तीमा पस्ने गरेको उनिहरु बताउछन् । बस्ती संगै नेपाल–भारत सिमा बस्ती संगै जोडिएको हुदा जंगली जनावरलाई बस्तीमा छिर्न सहज हुने गर्दछ ।

‘खान लाउन समेत पुग्दैन, भएको अन्नबाली समेत हात्तीले नष्ट गर्ने गरेपछि बस्तीमा खाद्यान्नको समस्या पर्दै आएको छ्’ स्थानिय महाबिर क्षेत्रीले भने– ‘रोजगार केही हुदैन, हात्तीले वर्षभरीको मेहनत गरि उब्जाएको बाली हात्तीले खाइदिन्छ् ।’ जंगली हात्तीले पहिले खेतको अन्नलाई सक्काएर घरमा पसेर समेत अन्न खाईदिने गरेका छन् । वर्ष भरि खाने अन्न जंगली जनावरले सखाप पारेपछि कसरी छाक टार्ने भन्ने चिन्ताले पिरोलिरहने उनिहरुले बताएका छन् । रातीको समयमा बस्तीमा हात्ती आउन थालेपछि रातीको समयमा स्थानियहरुले ढुङ्गाले हँन्ने, आगोको धुनी बाल्ने, पटखा पट्काउने लगाएत कार्य गर्दै आएका छन् । बिगतका दिनहरुमा मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर डर मान्दै रात बिताउन बाध्य भएको उनिहरु बताउछन् । बडवाल टोलमा भित्रिने हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातीको समयमा राम्रो संग सुत्न नपाएको अर्का स्थानिय आशा रानाले बताएका छन् । ‘बाली नाली भएको बेला रातभरी सुत्न पाईदैन’ स्थानीय आशा रानाले भनिन् । मध्यरातमा आउने जंगली हात्तीका कारण आफूहरु ठुलो समस्यामा पर्दै आएको स्थानीयहरुको गुनासो छ् ।

बस्तीमा जंगली हात्तीको पसेपछि बडवाल टोलमा थाली बजाउने तथा आगोको धुनी बाल्ने गर्दै आएको राना बताउछन् । रातिको समयमा हात्ती घर नजिक आएर कराउन थालेपछि रातिको समयमा ज्यान जोगाउन समस्या भएको स्थानीय आशा रानाको भनाई रहेको छ् । बडवाल टोलमा हात्तीले गरेको क्षतीको राहत तथा क्षतीपुर्ती दिन सरोकारवाला उदासीन देखाउदै आएको स्थानीयवासीहरुको गुनासो रहेको छ् । हात्तीले बस्तीमा पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न सरोकारवालाले खासै ध्यान नदिएको उनिहरुको गुनासो छ । जंगली हात्तीले मध्यरातमा बस्तीमा पसेर खेती खान थालेपछि स्थानियहरुले खेतवारीको बिभिन्न स्थानमा आगो बालेर खुर्सानीका धुवा बनाउन समेत गर्ने गर्छन् । नजिकै रहेको भारतिय जंगलबाट बडवाल टोल बस्तीमा पस्ने हात्तीको बथानबाट खेती जोगाउन स्थानियहरुले बिभिन्न जुक्ती समेत अपनाएका छन् । यस अघि आगोको धुनी बाल्ने, थाली बजाउने तथा सायरन बजाउने गर्दै आएका थिए । ‘सुरु सुरुमा आगो, थाली र सायरन बजाएर भाग्ने हात्ती अहिले आएर नभाग्न थाले पछि खुर्सानीको आगो बनाएर धपाउने जुक्ती लगाएका हौं’ उनिहरु भन्छन् ।

 

ताजा समाचार