कञ्चनपुर उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारीको विदाई

कञ्चनपुर

कञ्चनपुर उद्योग वाणिज्य संघले यस जिल्लावाट सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको विदाई कार्यक्रम संघका अध्यक्ष जंग वहादुर मल्लको सभापतित्वमा अयोजना गरियो ।  प्रमुख जिल्ला अधिकारी खतिवडाले यस जिल्लामा आए लगत्तै कोरोनाको महामारी फैलिएको र भारतवाट आउने नागरिकहरुलाई व्यवस्थापन गर्न असहज थियो तथापी यस क्षेत्रका उद्योग व्यवसायी नागरिक समाजको सहयोगले त्यसलाई व्यवस्थापन गरिएको वताउदै लामो खुला सिमानाका कारण सिमामा हुने विवाद पनि समकक्षीहरु संग वसेर समाधान गरेको वताउनु भयो ।

यसका साथै प्रशासनिक सुधार, वजार व्यवस्थापन लगायतका कार्य भएको र यसमा उद्योगी व्यवसायीहरुको पूर्ण सहयोग रहेको कुरा वताउनु भयो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण प्रसाद पाठक, निवर्तमान अध्यक्ष सुरेश रावल, इटा व्यवसायी महासंघका महासचिव तेज वहादुर चन्द, होटल व्यवसायी संघ, निर्माण व्यवसायी संघ कंचनपुर मण्डी व्यवसायी संघ, औषधी व्यवसायी संघ, अस्पताल व्यवस्थापन समिति, नागरिक समाज, हेल्प नेपालका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत संघका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन संघका महासचिव वाशुदेव जोशीले गर्नु भएको कुरा संघका कार्यकारी अधिकृत हेमराज भट्टले वताउनु भयो ।

ताजा समाचार

This will close in 10 seconds