रेडक्रस सोसाइटीले ५८ औँ स्थापना दिवस ताली बजाएर मनायो

कञ्चनपुर
नेपाल रेडक्रस सोसाइटीले आफ्नो स्थापनाको ५८ औं स्थापना दिवस तथा वार्षिकोत्सव तालि बजाएर मनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र सुदूरपश्चिम प्रदेश कार्यालयले नेपाल रेडक्रस को ५८ औं स्थापना दिवस हाल विश्वभरमा फैलिरहेको कोभिड १९ नामक कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै सामान्य रुपमा औपचारिकता निर्वाह गर्दै कोरोना भाइरसको संक्रमण विरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीलाई सम्मान स्वरुप ताली बजाएर मनाएको हो । शुक्रबार नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका सभापति टेकराज उप्रेतीको अध्यक्षतामा कञ्चनपुर शाखाको सभाहलमा एक औपचारिक कार्यक्रम गर्दै नेपाल रेडक्रस दिवस मनाएको हो । यस वर्ष रेडक्रसले विश्वभरमा कोरोना विरुद्ध लड्न अग्रपंक्रिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, र रक्तदाताहरुलाई सम्मान गर्नुका साथै कोरोना बाट संक्रमितको शिघ्र स्वास्थ्य लाभ र कोरोनाबाट मृत्युवरण गरेकाहरुको आत्माको शान्तिको कामना गर्दै नेपाल रेडक्रस दिवस मनाएको छ ।

नेरेसोले हरेक वर्ष मनाउँदै आएको नेपाल रेडक्रस दिवसलाई यस वर्ष विश्व भरमा फैलिरहेको महामारी विपद कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै विश्वभरमा फैलिरहेको कोरोना भाईसर(कोभिड १९) विरुद्धको लडाईको अग्र भागमा लडिरहेको चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, पत्रकार एवम् विभिन्न स्वयंसेवीहरु प्रति उच्च सम्मान गर्दे ताली बजाएर दिवस मनाएको हो । साथै कोरोनाबाट संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना, कोरोनाबाट विश्वभरमा मृत्युवरण भएकाहरुको शान्तिको कामना गर्दै विश्वभरमा फैलिरहेको कोरोना भाइरसको विपदबाट विश्वलाई चाँडै सफलता दिलाओस भन्ने कामना गर्दै नेपाल रेडक्रस दिवसका दिन दीप प्रज्वलन गरिएको नेपाल रेडक्रस सोसाइटीका सभापति टेकराज उप्रेतीले बताए ।

‘नेपाल रेडक्रस दिवस प्रत्येक वर्ष भदौ १९ मा मनाइन्छ । यो मिति नेपालमा रेडक्रस सोसाइटीको वार्षिकोत्सव हो ।’ –सभापति उप्रतीले भने ‘यस वर्ष विश्व भरमा फैलिरहेको महामारी विपद कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै विश्वभरमा फैलिरहेको कोरोना भाईसर(कोभिड १९) विरुद्धको लडाईको अग्र भागमा लडिरहेको चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, पत्रकार एवम् विभिन्न स्वयंसेवीहरु प्रति उच्च सम्मान गर्दे ताली बजाएर दिवस मनाएका छौँ । कोरोनाबाट संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना, कोरोनाबाट विश्वभरमा मृत्युवरण भएकाहरुको शान्तिको कामना गर्दै विश्वभरमा फैलिरहेको कोरोना भाइरसको विपदबाट विश्वलाई चाँडै सफलता दिलाओस भन्ने कामना गर्दै यो दिवस मनाएका छौँ ।’  दिवसको अवसरमा आयोजि उक्त कार्याक्रममा रेडक्रस सोसाइटीका सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेज प्रकाश भट्ट सदस्य तथा कञ्चनपुर शाखाका उपसभापति मञ्जु दाहाल, जिल्ला शाखाका कोषाध्यक्ष थिरेन्द्र चन्द्र भट्ट, लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । यस वर्ष लकडाउनको प्रभावका कारण समितिका सबै सदस्यहरु उपस्थित हुन नसकेको बताएका छन्

यस्तै नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले रेडक्रस को ५८ औं स्थापना दिवसको पूर्व सन्ध्यामा रेडक्रस केन्द्रीय कार्यालयको समन्वयमा कञ्चनपुर जिल्ला शाखाबाट संचालन भई रहेको पश्चिम विपद पूर्बतयारी परियोजनाकाले कोरोना संक्रमित भएका व्यक्तिको परिवारलाई सरसफाई किट वितरण गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं ९ अन्तर्गत गठित भिमकुण्ड सामुदायिक विपद् व्यवस्थापन समिति र खल्ला सामुदायिक विपद् व्यवस्थापन समिति को सहजीकरणमा र भीमदत्त नगरपालिका वडा नं ९ को समन्वयमा भीमदत्त वडा नं ९ अन्तर्गत कोरोना संक्रमित १२ वटा घरपरिवार लाई स्वच्छता तथा सरसफाई सुधारमा थप सहयोग पुर्याउने उद्वेश्यले स्वच्छता तथा सरसफाइ सामग्रीहरु उक्त घर परिवारका सदस्यहरू लाई बोलाएर सुरक्षा नियमका आधारमा सरसफाईका सामग्रीहरु वितरण गरेको छ ।
उक्त सामग्री हस्तान्तरण भीमदत्त नगरपालिका वडा नं ९ का वडा सदस्य, नेरेसो कञ्चनुर जिल्ला शाखाका उपसभापति नरबहादुर राना , परियोजनाका सामुदायिक प्रशिक्षक करवीर बहादुर चन्द र भिमकुण्ड सामुदायिक विपद व्यवस्थापन समितिका संयोजक धन ब खड्का र वडा सदस्य जय ब जोशीवाट वितरण गरिएको पश्चिम विपद पुर्व तयारी परियोजनाका सामुदायिक प्रशिक्षक करवीर बहादुर चन्दले बताए ।

ताजा समाचार

This will close in 10 seconds