शिक्षा प्रेमी तथा राजनीतिज्ञ पूर्व मन्त्री प्रतापराम लोहारको दोस्रो वार्षिक पुण्यतिथि मनाइयो

शिक्षा प्रेमी तथा राजनीतिज्ञ पूर्व मन्त्री प्रतापराम लोहारको दोस्रो वार्षिक पुण्यतिथि मनाइयो सो अवसरमा वृद्धआश्रममा फलफुल तथा खीर वितरण गरिएको छ । वहाँका एकलो छोरा काभिड-१९को कारण स्पेनमै रहनु पर्ने भएकोले उनले उतै बुवाको श्राद्ध गरे भने वहाँको धर्म पत्नी दुरी देवी लोहारले आज वहाँको सम्झनामा बेतकोट नगरपालिका रौतेला स्थित वृद्ध आश्रममा फलफुल तथा खीर वितरण गरी वँहाको पुण्य तिथी मनाईएको छ ।

प्रतापराम लोहार तथा वहाँको धर्म पत्नी दुरी देवी लुहारले शिक्षा क्षेत्रको लागि निकै महत्वपुर्ण योगदान दिनु भएको छ । वहाँहरुले २०४५ सालमा अनाथ बाल बच्चाहरुलाई आफुसँगै राखी उनीहरुको शिक्षा दिक्षाको लागि निकै महत्वपुर्ण भुमिका निभाउदै आउनु भएको छ । जसको लागि वहाँहरुले कुमारीपाटी, ललितपुरमा अनाथालय खोली निःशुल्क शिक्षा दिनुको साथै उनीहरुको लागि खाने, वस्ने व्यवस्था गर्नु भएको छ जहाँ सबै बालबालिका लाई आफ्नै सन्तानको जस्तो माया गरिन्छ त्यसैले बच्चाहरु पनि वहाँहरुलाई मम्मी बाबा भनेर सम्बोधन गर्दछन् । आफ्नो क्षेत्रमा पनि केही गरौं भन्ने मनसायले २०५७ सालमा भीमदत्त नगरपालिकाको वडा नं. १५मा बालगृह तथा भी.न.पा १८मा फ्लोरिडा इन्टरनेशनल बोडिङ्ग स्कुल स्थापना गरी गरीब तथा अनाथ बालकहरुलाई निःशुल्क शिक्षा तथा बस्ने, खाने व्यवस्था गरिएको छ भने गरिब परिवारका छात्र छात्रालाई निःशुल्क स्तरीय शिक्षा दिदै आईरहेको छ ।

उनीहरुलाई उच्च शिक्षाको लागि योग्य बनाई अहिले देशको विभिन्न क्षेत्रमा अध्ययनरत छन् भने हजारौ गरिब परिवारका विद्यार्थीहरुले निःशुल्क स्तरीय शिक्षा अध्ययन गर्ने अवसर पाएर उच्च शिक्षा हासिल गर्दै कयौंले रोजगारी पाएर देशको सेवामा संलग्न छन् ।

ताजा समाचार

This will close in 10 seconds